• भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५८ हजार ४ सय १९ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या ८१ दिन यताकै कम हो । भारतमा कोरोनाका कारण हुने मृत्युदरमा पनि कमि आएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ५ सय ७६ जना संक्रमितको मृत्यु भएको छ भने ८७ हजार ६ सय १९ जना संक्रमणमुक्त भएका छन् ।

    भारतमा हालसम्म कोरोना संक्रमित हुनेको कूल संख्या २ करोड ९८ लाख ८२ हजार नाघेको छ । ती मध्ये २ करोड ८७ लाख ६६ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । हाल भारतमा ७ लाख २९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । कोरोनाका कारण भारतमा ३ लाख ८६ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।।

4565