• अल्पमतमा परेको सरकारले ल्याएको बजेटलाई सहयोग गर्न नसक्ने भन्दै लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनमा रहेका दलहरुले प्रदेशसभाको बैठक बहिष्कार गरेका छन् । आइतबार प्रदेशसभा बैठक सुरु हुनसाथ काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकार वैध कि अवैध पहिला छुट्याउनुपर्ने माग गरे । उनले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने जिकिर गरे । कनौडियाले सरकारले नै संघीयतालाई अधिकारबिहीन बनाएकोे भन्दै प्रदेश सरकारले पनि प्रदेश सांसदहरुलाई भूमिकाबिहीन बनाएर बजेट ल्याउनु दुखद भएको बताए ।

    बिपक्षी दलले बैठक बहिष्कार गरेपछि सभामुख पूर्ण बहादुर घर्तिले बैठक स्थगीत गरे । लुम्विनीमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरलको नियुक्तिको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । उनीहरुले जेठ १९ गते प्रदेश प्रमुखबाट पोखरेल नियुक्त भएपनि विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् ।

4565