-
१६औं संस्करणको युरोकप फुटबलमा स्विडेनले पहिलो जित निकालेको छ । शुक्रवार भएको समूह चरणको दोस्रो खेलमा स्विडेनले स्लोभाकियालाई १–० गोल अन्तरले पराजित गरेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे ।
उनले ७७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । रबिन क्वेसनलाई पेनाल्टी क्षेत्रभित्र गोलरक्षक मार्टिन डुब्राभ्काले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जितसँगै समूह ‘ई’ मा रहेको स्विडेनले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
२ खेलबाट ४ अंक जोडेको स्विडेन समूहको शीर्ष स्थानमा उक्लिएको छ । स्विडेन पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरीमा रोकिएको थियो । स्लोभाकियाको यो पहिलो हार हो । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो । समूहको दोस्रो स्थानमा रहेको स्लोभाकियाले २ खेलबाट ३ अंक जोडेको छ ।
News Desk 0 response शुक्रबार, असार ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३





