-
नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो ।
कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका÷नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रिय अधिवेशन र एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश अधिवेशन भाद्र १ र २ गरिने निर्णय गरिएको पनि नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले जानकारी दिए ।
नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहाने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रुपमा अगाडी बढ्ने निर्णय पनि गरेको छ । नेता महतले भने – ‘हामी चाहान्छौँ लोकतन्त्रको रक्षा होस् । संविधानको रक्षा होस् । र त्यसमा जो पार्टीहरु व्यक्तिहरु जोडिन चाहानुुहुन्छ, उहाँहरुलाई जोड्टै यसलाई अझ मजबुतिका साथ अगाडी बढाउने र संविधान, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्ने र वर्तमान ओली सरकारले जसरी लोकतन्त्र, संविधानको मुल्य र मान्यतालाई एकपछि अर्को गरेर कमजोर गर्ने काम भएको छ त्यसको विरुद्ध बृहत्तर एकता जो लोकतन्त्रमा विश्वास गर्छ र संविधानमा विश्वास गर्छ ति पार्टीहरु र समुहहरुलाई जोड्दै लाने, एकताबद्ध बनाएर लाने निर्णय आजको पार्टीको बैठकले गरेको छ ।’
उनले कोरोना कहरको बेलामा कसरी महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न विधिहरुको विषयमा छलफल भइरहेको पनि बताए ।
News Desk 0 response शुक्रबार, असार ४, २०७८
-
मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न
शनिबार, बैशाख १२, २०८३ -
इटहरीरसमुदायमाआधारभूत ध्वन्यात्मक अंग्रेजी शिक्षक तालिम सुरु
शुक्रबार, बैशाख ११, २०८३ -
दमक–२ मा वाल्मिकी मन्टेश्वरी विद्यालय सञ्चालनमा, गुणस्तरीय प्रारम्भिक शिक्षामा जोड
बिहिबार, बैशाख १०, २०८३ -
उच्च शिक्षाको शुभकामनासहित सीबी कलेजद्वारा विद्यार्थी विदाई
बिहिबार, बैशाख १०, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३

सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
उच्च शिक्षाको शुभकामनासहित सीबी कलेजद्वारा विद्यार्थी विदाई
बिहिबार, बैशाख १०, २०८३ -
दमक–२ मा वाल्मिकी मन्टेश्वरी विद्यालय सञ्चालनमा, गुणस्तरीय प्रारम्भिक शिक्षामा जोड
बिहिबार, बैशाख १०, २०८३ -
इटहरीरसमुदायमाआधारभूत ध्वन्यात्मक अंग्रेजी शिक्षक तालिम सुरु
शुक्रबार, बैशाख ११, २०८३