-
१६औं संस्करणको युरोकप फुटबलमा आज तीन खेल हुँदैछ । समूह चरण अन्तर्गत आज समूह बीको एक र समूह ’सी’ को दुई खेल हुन लागेको हो । पहिलो खेलमा समूह सीमा रहेका युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा भइरहेको छ ।
दुई टोलिबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु भएको हो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको युक्रेन आज पहिलो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा अष्ट्रियासँग ३–१ ले पराजित भएको नर्थ म्यासेडोनिया पनि पहिलो जितको खोजीमा छ ।
आज हुने दोस्रो खेलमा समूह बीमा रहेका बेल्जियम र डेनमार्क भिड्दैछन् । दुई देशबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । बेल्जियम आज लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो । पहिलो खेलमा फिनल्याण्डसँग १–० ले पराजित भएको डेनमार्क भने पहिलो जित निकाल्न चाहन्छ ।
आजै हुने तेस्रो खेलमा समूह सीमा रहेका नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । दुई देशबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो । अष्ट्रिया पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो ।
News Desk 0 response बिहिबार, असार ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३





