• प्रतिक्षित युफा युरो कप आज मध्य रातदेखि सुरू हुदैछ । युरोपका २४ राष्ट्रले युरो कपको उपाधिका लागि एक महिना प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिता १२ जुन २०२० देखि सुरू हुने तय भएपनि कोभिडका कारण रोकिएको थियो । युरो कप विभिन्न १२ शहरमा हुनेछ ।

    पहिलो खेलमा टर्की र इटलीबीच प्रतिस्पर्धा हुदैछ । २४ राष्ट्रलाई ६ समुहमा विभाजन गरिएको छ । ग्रुप ए मा इटली, स्वीट्जरल्याण्ड, टर्की र वेल्स, ग्रुप बी मा बेल्जियम, रसिया, डेनमार्क, र फिनल्याण्ड, ग्रुप सी मा युक्रेन, नेदरल्यान्ड्स, अष्ट्रिया र नर्थ मेसोडोनिया, ग्रुप डि मा इङ्गल्याण्ड, क्रोएसिया, चेक गणतन्त्र र स्कटल्याण्ड, ग्रुप इ मा स्पेन, पोल्याण्ड, स्वीडेन र स्लोभाकिया, ग्रुप एप मा जर्मनी, फ्रान्स, पोर्चुगल र हंगेरी रहेका छन । कोभिडको जोखिमको कारण स्टेडियममा दर्शक क्षमता घटाइएको छ ।

    विभिन्न शहरले परिस्थिति अनुसार दर्शक क्षमता घटाएका छन । बुडापेस्टमा भने शतप्रतिशत दर्शक उपस्थित गराइने अपेक्षा गरिएको छ । सेन्ट पिटर्सबर्ग र बाकुमा ५० प्रतिसत तथा अन्य आयोजक शहरहरूमा ३३ प्रतिशत सम्म दर्शक जान मिल्ने व्यवस्था गरिएको छ । युरोमा सर्वाधिक सफल राष्ट्र जर्मनी र स्पेन हुन। यी दुवै राष्ट्रले तीन तीन पटक युरो कपको उपाधि जितेका छन। डिफेन्डिङ च्याम्पियन पोर्चुगल हो भने नेपाली समय अनुसार आज राती १२ वजेर ४५ मिनेमा इटली र टर्कीबीच उदघाटन खेल हुनेछ ।

4565