-
राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन् । उनलाई पार्टीको निर्देशन विपरित मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने क्रममा विहिवार मतदानमा सहभागी नभएको भन्दै पार्टीले कारवाही गरेको हो ।
आजको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभामा उनलाई कारबाही गरिएको पत्र पढेर सुनाएका हुन् । राष्ट्रिय जनमोर्चाले सांसद थापालाई कारवाही गरेको पत्र आजै संसद सचिवालयमा बुझाएको थियो ।
पहिलो पटक प्रदेश सभाबाट निलम्बित सांसद थापालाई सर्वोच्च अदालतले गत जेठ २३ गते पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो । हाल उनको मुद्दा अदालतमा विचाराधीन छ । पार्टीको ह्विप पालना नगरेको भन्दै कारबाहीमा परेका थापालाई अहिले पनि सोही कारण देखाउँदै कारबाही गरिएको हो ।
News Desk 0 response शुक्रबार, जेष्ठ २८, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





