-
२०७४ मा आफ्नै नेतृत्वमा स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव गराएको नेपाली कांग्रेस सवा तीन वर्षपछि पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागि भएको छ । निर्वाचनपछि कुनै पनि प्रदेश र केन्द्र सरकारमा कांग्रेस थिएन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसका दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीलाई समावेश गरी मन्त्रीपरिषद् पुर्नगठन गरेका छन् । योसंगै कर्णालीमा थपिएका दुई मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिएका हुन् ।
प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराए । पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ । नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि माओवादी केन्द्रका शाही नेतृत्वको सरकारलाई दिएको समर्थन एमाले कर्णाली प्रदेश संसदीय दलले फिर्ता लिएको थियो ।
त्यसयता अल्पमतमा परेका मुख्यमन्त्री शाहीले वैशाख ३ गते संसदबाट विश्वासको मत प्राप्त गर्न सफल भएका थिए । त्यसबेला नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री शाहीलाई समर्थन गरेको थियो । मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउन एमालेका चार जना सांसदले पनि फ्लोर क्रस गरेका थिए ।
News Desk 0 response आइतवार, जेष्ठ २३, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३