• रसायनले भरिएको मालवाहक जहाज श्रीलङ्काली तटमा डुब्न लाग्दा वातावरणीय प्रकोपको जोखिम उत्पन्न भएको छ । सिंगापुरमा दत्र्ता गरिएको एक्स–प्रेस पर्लमा दुई सातादेखि लागेको आगो यसै साता निभाइएको छ ।

    बीबीसीका अनुसार सयौं टन इन्धन टयाङ्क लादिएको उक्त जहाज चुहिए समुद्री जीवमा ठूलो असर पर्नेछ । भारतीय र श्रीलङ्काली नाभीहरु केही दिन यता आगो निभाउन प्रयासरत रहेको थियो । आगो निभेपनि जहाज टुक्रिन र डुब्नबाट जोगाउन सकिएको छैन् । समुद्री छाल र मौसमी हावाले पोर्ट अफ कोलम्बो बाहिर भइरहेको उक्त अपरेशनमा बाधा उत्पन्न गरायो ।

    श्रीलङ्काली नेभीका प्रवक्ता इन्डिका सिल्भाले बीबीसीसँगको कुराकानीमा जहाजबाट हुने क्षति कमगर्न समुद्रको गहिराईमा डोर्याउन प्रयासरत रहेको बताएकाछन्।

    वतावरणविद् डा अजन्ता पेरेराले भने नाइट्रिक एसिडसहित जहाजमा लादिएको इन्धनसहितको सामग्री डुबे समुद्री फेदमा रहेका जीवलाई नष्ट पार्ने बताउदै चिन्ता ब्यक्त गरेकाछन् ।नेगोम्बोको तटीय क्षेत्रमा केही दिनदेखि पानीमाथि इन्धन उत्रेको देखिएको छ । मत्स्य मन्त्रालयले भने उक्त क्षेत्रमा तात्कालका लागि माछा मार्ने गतिबिधि बन्द गरिएको जनाएको छ ।

    जहाजले करिब २५ टन एसिड लादिएको थियो । नाइट्रिक एसिड चुहिएर जहाजमा आगो लागेको घटना गत् मई १ मै सूचित गरिएको थियो । सिंगापुरको एक्स प्रेस पर्लले भारत र कतारसँग जहाजलाई उक्त स्थलमै छोड्न अनुमति माँगेको थियो । तर दुबै राष्ट्रले अस्वीकार गरेपछि श्रीलङ्काले सहमति जनाएको थियो । श्रीलङ्काको उक्त अनुमतिलाई लिएर सर्वसधारणले कडा आलोचना गरेका छन् । श्रीलङ्का प्रहरीले करिब १४ घण्टासम्म जहाजका क्याप्टन र इन्जिनियरसँग सोधपूछ गरेको थियो । श्रीलङ्काली एक अदालतले समेत क्याप्टन र प्रमुख इन्जिनियरलाई श्रीलङ्का छोड्न नहुने आदेश जारी गरेको छ ।

    १८६ मिटर लामो जहाज १५ मईमा भारतीय बन्दरगाह हजिराबाट एक हजार ४८६ कन्टेनर बोकेर प्रस्थान गरेको थियो । जसमा नाइट्रिक एसिडसहित अन्य रसायन र सौन्दर्य सामग्री थियो ।

4565