-
फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत नेपालले विहिवार कुवेतमा चाइनिज ताइपेइसँग खेल्दैछ । युवा टोलीलाई समेटेर राष्ट्रिय टोली निर्माण भएपछि नेपालले प्रशिक्षक अल मुताइरीको नेतृत्वमा इराकसँग मैत्रिपुर्ण खेल खेलेको थियो । जहाँ नेपाल ६–२ ले हारेको थियो। रक्षापंक्तिमा नेपाल कम्जोर देखिएको थियो भने सँधैको समस्या स्कोरिङमा भने केहि सुधार देखियो ।
चाइनिज ताइपेइसँग भने जितकोलागि खेल्ने प्रशिक्षक अल मुताइरीले बताए । कोरोनाको कारण पटक पटक स्थगित भएको यो छनौट अहिले न्युट्रल भन्यु कुवेतमा हुन लागेको हो । विश्वकप छनौटको अघिल्लो चरणमा पुग्ने नेपालको संभावना गणीतय संभावना कायमै छ तर मात्र ३ अंक सहित चौथो स्थानमा रहदा छनौटको यात्रा लगभग समाप्त भएको मान्न सकिन्छ ।
तर एसिया कप छनौटको तेस्रो चरणको संभावना भने रहेको छ । नेपालले आफ्नो समूहमा चौथो स्थान हासिल गर्दै अन्य समूहमा रहेको चौथो टोलीको तुलना गर्दा शीर्ष ४ स्थानमा पर्न सके सिधै एसिया कप छनोटको तेस्रो चरण खेल्न पाउनेछ । यदि पुछार वा चौथो स्थानमा रहेर पनि अन्य समूहको चौथो स्थानको तुलनामा शीर्ष ४ मा नपरे नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल समूह चरणमा ३ अंकसहित चौथो स्थानमा छ ।
अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ । नेपाल भन्दा पछि रहेको चाइनिज ताइपेले अंक जोड्न सकेको छैन । नेपालले पहिलो लेगमा भने चाइनिज ताइपेइलाई २–० ले हराएको थियो । कुवेतसँग पहिलो लेगमा ७–० ले र दोस्रो लेगमा १–० ले हारेको थियो। यस्तै अष्ट्रेलियासँग ५–० ले र जोर्डनसँग ३–० ले पराजित भएको थियो । नेपाल र चाइनिज ताइपेइबीचको खेल विहिवार राती नेपाली समय अनुसार ९ः४५ बजे हुनेछ ।
News Desk 0 response बुधबार, जेष्ठ १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३





