-
जनता समाजवादी पार्टी जसपामा भाँडभैलो सुरु भएको छ । जनता समाजवादी पार्टीका उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एकले अर्को पक्षलाई पार्टीबाट निस्कासन गर्ने निर्णयसंगै भाँडभैलो सुरु भएको छ । पार्टीको कार्यकारीणी समितिको बहुमत सदस्यको बैठकको निर्णय भन्दै अध्यक्ष उपेन्द्र यादव समुहले अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार नेतालाई पार्टीबाट निस्काशन गरेलगतै महन्थ ठाकुर पक्षले पनि उपेन्द्र यादवलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको छ ।
उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेको हो । सो लगतै बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्काशन गरेको हो । दुवै पक्षले गरेको निर्णय निर्वाचन आयोगमा बुझाउने बताएका छन् । यसअघि दुवै पक्षले एक अर्कोलाई स्पष्टिकरण सोधेका थिए ।
योसँगै वर्तमान केपी ओलीको पक्ष र विपक्षी गठनबन्धनको पक्षमा देखिएको जसपा विभाजनको संघारमा पुगेको छ । यादव समूहले पार्टीको नीतिविपरीत केपी ओली सरकारलाई साथ दिनुका साथै राष्ट्रपति कार्यालय, निर्वाचन आयोगलगायतलाई पत्र पठाएको आरोप लगाएको छ । यादव समूह हाल संसद विघटनको विरुद्धमा उत्रिदै विपक्षी नेपाली काँग्रेसलगायतका दलको गठबन्धनलाई साथ दिएको छ । तर ठाकुर समूहले ओलीले संसद विघटन गर्दै घोषणा गरेको निर्वाचनलाई स्वागत गरेको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ १८, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





