• नेकपा एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले राष्ट्रपतिको आलोचना गर्ने कसैलाई पनि कोरोना नलागोस् भनी प्रार्थना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टीको स्थायी समिति बैठकका निर्णय सञ्चारकर्मीलाई सुनाउने क्रममा मन्त्री ज्ञवालीले खोप ल्याएर मानिसको जीवन रक्षा गर्नु अहिलेको पहिलो आवश्यक्ता रहेको भन्दै उनले यसबारे टिप्पणी गर्ने नेताहरु र उनीहरुका आफन्त कसैलाई पनि कोरोना नलागोस् भनी प्रार्थना गरेका हुन् ।

    नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि छिमेकी मुलक भारत र चीन सहितका देशका राष्ट्रपतिसँग खोप उपलव्ध गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको पत्राचारको राजनीतिक र कुटनीतिक वृत्तमा आलोचना भएको छ । मन्त्री ज्ञवालीले जुन देशमा कार्यकारी भुमिकामा राष्ट्रपति रहेका छन् त्यो देशमा राष्ट्रपतिले कुराकानी गर्नुपर्ने भएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिबीच कुराकानी हुँदैन भन्ने सामान्य प्रोटोकल बुझ्नुपर्ने बताए ।

    बैठकले अन्तिमसम्म पनि पार्टी एकताका लागि अधिकतम पहल गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता ज्ञवालीले पार्टी एकताका लागि गठन भएको कार्यदल अस्तित्वमा नरहेको र अहिलेको अवस्थामा नेताहरूबीच व्यक्तिगत र समूहगत रूपमा छलफल भइरहेको जानकारी दिए ।बैठकले सर्वोच्च अदालतमा भइरहेको अस्वस्थ गतिवधि उचित नभएको निष्कर्ष पनि निकालेको छ ।

4565