-
एसियाको सशक्त राष्ट्र इराकसँग नेपाल अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा दुईका विरूद्ध छ गोलले पराजित भएको छ । एक समय दुई एकको अग्रता बनाएको नेपाल कमजोर रक्षापङतिमा चुक्यो । २५ वर्षपछि नेपालले इराकमा खेलेको खेलको सातौ मिनेटमा अला अब्दुल जराले करिब २५ यार्डबाट हानेको फ्रि किक सुन्दर गोलमा परिणत भयो ।
तर यो अग्रता दुई मिनेट पनि टिक्न सकेन । गोल किपर अगाडीको बल अन्जन बिष्टले हानेको प्रहार बचाउने क्रममा सफा हादी अल फुराइजीले आत्मघाती गोल गरे । २९ औ मिनेटमा राष्ट्रिय टिमबाट डेब्यु गरेका मनिष डाँगीले गोल गरे । यो गोलमा मनिषले ड्रिम डेब्यु त गरे नै नेपाललाई दुई एकको अग्रता पनि दिलाए । यसपछि किरण चेम्जोङले केहि प्रयास विफल तुल्याए पनि २८ औ मिनेटमा मोहम्मद अब्दुलजाहराले यसको दुई मिनेटपछि एमन हुसेनले गोल गर्दा इराक तीन दुईले अगाडी बढ्यो ।
पहिलो हाफको इन्जुरी समयमा एमले नै व्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफ चार दुईको नतिजामा सकियो । दोस्रो हाफमा इराकले दुई गोल थप्यो । ६७ औ मिनेटमा मोहनद अलिले नेपाली डिफेन्डरको गल्तीमा र ७५ औ मिनेटमा सजाद कासिमले गोल गरे । यसरी इराक नेपाललाई ६–२ को फराकिलो अन्तरको हार चखाउन सफल भयो । नेपाल र इराक बीचको यो चौथो भेट हो र चौथो पटक पनि नेपाल पराजित भएको छ । अब नेपाल विश्व कप छनौटको बाकी खेल खेल्न कुवेत जानेछ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग खेल्नेछ ।
News Desk 0 response आइतवार, जेष्ठ १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३





