• सरकारले चीन र अमेरिकाबाट कोभिड–१९ विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । शुक्रबार संचारकर्मीसंग कुरा गर्दे परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले एक हप्ताभित्र खोप खरिदबारे टुंगो लाग्ने जानकारी दिएका हुन ।

    चीनको सिनोफार्मसँग पहिलो चरणमा ५० लाख र अमेरिकी खोप उत्पादन कम्पनी जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाइएको जानकारी समेत मन्त्री ज्ञवालीले दिए । खोप खरिदका लागि दुबै मुलुकका सरकार तथा खोप निर्माता कम्पनीसँग सीधै प्रक्रिया अघि बढाउने जानकारी समेत मन्त्री ज्ञवालीले दिए ।परराष्ट्र मन्त्री ज्ञावलीले भारतबाट १७ लाख डोज खोपका लगि उच्च तहमा कुरा भएको जानकारी दिए ।

4565