-
प्रतिनिधिसभाका पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन गर्ने कार्य अलोकतन्त्रिक र जनमतको अपमान भएको बताउदै विघटनप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् । सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभा विघटनबारे पूर्वसभामुखहरुसँग आयोजना गरेको छलफलमा सहभागि पूर्व सभामुखहरुले प्रधानमन्त्री ओलीलाई जननिर्वाचत संस्था देख्नै नसक्ने रोग लागेको आरोप लगाएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एंव पूर्वसभामुख पौडेलले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम भत्सनायोग्य भएको भन्दै अलोकतान्त्रिक भएका बताए । उनले प्रधानमन्त्री ओलीलाई जननिर्वाचत संस्था देख्नै नसक्ने रोग लागेको आरोप पनि लगाए ।
त्यस्तै पूर्व सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको अनुदारवादी चरित्रका कारण लोकतन्त्रमै समस्या उत्पन्न भएको धारणा राखेका थिए । उनले असंवैधानिक रुपमा गरिएको विघटनलाई बदर गर्न कानुनी र राजनीतिक लडाई नै अहिलेको आवश्यकता भएको उल्लेख गरे । पूर्व सभामुख ओनसरी घर्तीले पनि प्रतिनिधिसभा विघटत असंवैधानिक भएकाले जन निर्वाचित संस्थाको इज्जत राख्नुपर्ने बताइन् ।
मंगलबार संसद भवन बानेश्वरमा भएको छलफलमा पूर्वसभामुख तारानाथ रानाभाट पोखरा भएका कारणले भर्चुअल रुपमा सहभागि थिए भने पूर्वसभामुख दमननाथ ढुंगाना कोरोना संक्रमण भएका कारणले सहभागि हुन सकेनन् । त्यस्तै पूर्वसभामुख सुवास नेम्वाङले भने सभामुखको निम्तोलाई अस्वीकार गरेका थिए । नेम्वाङ पछिल्लो संसद विघटन गर्न ओलीलाई सहयोग गर्नेमध्ये एक मानिन्छन् ।
News Desk 0 response मङ्लबार, जेष्ठ ११, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





