• प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताउनुभएको छ । आईतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारसंगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उहाँले गरेका काममाथि कुनै उजुरी नलाग्ने बताउनुभएको हो । राष्ट्रपतिले गरेको निर्णय विरुद्ध मोर्चावन्दी गरेर मुद्धा हाल्ने प्रयास भईरहेको खबर आफुले सुनेको भन्दै उहाँले जतिजनाले मुद्धा राखे पनि त्यसको अर्थ नरहने बताउनुभयो ।
    उहाँले भन्नुभयो “ मोर्चा कसेर मुद्धा हाल्ने रे ? सच्चाईका लागि एक जनाले हालेपनि धेरैले मोर्चा कसेर हाले पनि त्यही हो । सच्चाई सच्चाई नै हो । न्याय प्राप्त गर्ने कुरामा मोर्चा कस्नुको कुनै अर्थ हुदैन । राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने ठाउँ हो त्यसमा कुनै उजुरी लाग्दैन ।”

    नेपाली कांग्रेसका सभापति देउवाले आफु प्रधानमन्त्री बन्न अरु दलका सांसदहरुको र्किते हस्ताक्षर गरेर लगेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो ।उहाँले भन्नुभयो “र्किते नाम लिएर राष्ट्रपतिकोमा जानु, प्रधानमन्त्री बन्नका लागि अरु पार्टी बागी विद्रोही श्रृजना गर्नु । नेकपा एमालेका केही मानिसहरुलाई उकासेर । धेरैले आफुले हस्ताक्षर नगरेको भनेर विज्ञप्ती निकालेका छन् । लोकतन्त्र भनेको अनुसासित प्रणाली हो । अराजकता होइन । अनुसासनहिनता होइन । जसपा बाट ३२ जना सांसद भएको ठाउँमा १२ जनालाई हस्ताक्षर गराएर, पार्टी अनुसासन तोडाएर , विभिन्न खालका अनुचित हत्कण्डाहरु प्रयोग गरेर । यो परिपाटी बसाउदै जाने हो भने हामी कहाँ पुग्छौ ?”

    उहाँले भसंसदीय गणितमा फोहरी खेल भएको र सांसदह किन्ने र विक्रि हुने प्रवृत्ति छताछुल्ल भएको हुँदा पनि आफु भने संसद विघटन नहोस् भनेर जसपाको र आफ्नो(नेकपा एमालेको) पत्र लिएर प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिकोमा पुगेको बताउनुभधयो ।

    उहाँले भन्नुभयो “संसदको मौजुदा गणित फोहरी खेलको माध्यम भयो । देशको आवश्यकता र संसदको मौजुदा गणित भिन्न भयो । दलिय अनुसासनको कुनै अर्थ छैन । विकेर विपक्षी दलको प्रधानमन्त्री बनाउने भनेर कुदेको छ । पवित्र गौ दान गर्न कुदेको होलो ? संसदमा गणित असक्त र भद्गोल भईसकेको हालैका स्थितिले देखाएको छ । आफ्नो र महन्थ ठाकुर र राजेन्द्र महत्वको हस्ताक्षर सहितको समर्थनमा १ सय ५३ सिटको दाबी लिएर म राष्ट्रपति ज्युकोमा गए । संसद विघटन नहोस् बैकल्पिक सरकार दिन सकियोस् भनेर । ”

    बैकल्पिक सरकारका लागि कहीँ कतै अवरोध नभएको र दुवै पक्षले तोकिएको समयमा आफ्नो दाबी गरेको भन्दै उहाँले समयलाई लिएर आलोचना गर्नु आलोचनाका लागि आलोचना मात्रै भएको बताउनुभयो ।

    पर्सनल डान्स गर्ने छुट छैन
    प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्न नदिने प्रयासमा फर्जि हस्ताक्षर लिएर, दुषित अभ्यास गरि, दुषित कागज राष्ट्रपतिकार्यालयमा बुझाएको टिप्पणी गर्नुभयो । आफुले मैले दाबी गरेका ठाउँबाट पनि केही मान्छेको हस्ताक्षर सभापति देउवाले पनि लिएर गएपछि राष्ट्रपतिले आफ्नो दाबी प्रतिपनि विश्वास नगर्नुभएको उहाँले बताउनुभयो । उनीहरुले कन्फ्युजन श्रृजना गरेकाले आफ्नो दाबी लाई राष्ट्रपतिले विश्वास गर्न नसकेको उहाँको तर्क थियो ।

    उहाँले लोकतान्त्रिक व्यवस्थामा दलिय अनुसासन हुनुपर्ने भन्दै दलिय अनुशासन भन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्नुभयो । लोकतन्त्र अनुशासित , मर्यादित र सामुहिक व्यवस्था भएको भन्दै उहँले वुद्धि र प्रतिष्ठाको मिसयुज गरेर बुद्धिजीवीहरुले पुर्वाग्रहका साथ संविधानको अपव्याख्या गरि संविधान माथिको निष्ठामा आँच पुराउने काम गरेको टिप्पणी गर्नुभयो ।
    उहाँले भन्नुभयो “दलिय अनुशासन तोडेर व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन दलिय व्यवस्था । पर्सनल डान्सको कुनै अर्थ छैन । ”

    कार्टुन प्रति आपत्ती
    प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई गलत दिशातिर मोड्ने काम कसैले नगर्न आग्रह गर्नुभएको छ । लोकतन्त्रले अभिव्यक्ति स्वतन्त्रता दिएको र अहिले केही मिडियाले त्यही स्वतन्त्रताको दुरुपयोग गर्ने काम गरेको भन्दै उहाँले आपत्ती जनाउनुभयो । उहाँले एक दैनिक पत्रिकामा छापिएको कार्टुनप्रति असन्तुष्ठी जनाउदै प्रेत भईसकेको राजसंस्थाको खल्तीमा गणतन्त्रको प्रतिकको रुपमा रहेको संस्थालाई राख्ने काम गरिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो “प्रेत संस्थाको भीमकाय फोटो बनाएर त्यसको खल्तिमा राष्ट्रपतिलाई खल्तीमा राखेको । कति आनन्द आएको होला लोकतन्त्रको नाममा यस्ता घृणित कार्यहरु । राजतन्तत्र भनेको प्रेत संस्था हो । त्यो प्रेत संस्थाको विशाल भिमकाय फोटो बाउने र जनताबाट निर्वाचित जनप्रतिनिधित्वको गणतन्त्रको प्रतिकको रुपमा रहेको संस्थालाई एउटा प्रेत संस्थाका, सामन्ति संस्थाको एउटा खल्तिमा राख्ने सम्मको ? लोकतन्त्रले दिएका स्वतन्त्रताको हकको दुरुपयोग हो । ”उहाँले केही मिडियाले सरकार विरुद्ध मिसन पत्रकारिता नै सञ्चालन गरेको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो “केही त मिसन पत्रकारिता भएका छन् । जसको काम उपलब्धिको चर्चा नगर्ने र कमजोरीको मात्रै चर्चा गर्ने छैन भने बनावटी अन्तरकुन्तरबाट मार्मिक कहानीहरु बनाउने, निकाल्ने । मार्मिक स्थितिको चित्रण गर्ने । त्यस्तो मार्मिक स्थिति अब आउन नपाओस् भनेर प्रयास गर्ने वा त्यस्ता प्रयासलाई साथ सहयोग गर्ने भन्दा पनि आफ्नो स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति बोकेका छदैछन् । ”
    उहाँले लोकतन्त्रका विरुद्ध अतिवादी शक्तिबाट निर्देशित हुने, अतिवादी शक्तिको लाचार छायाँ बनेर तीनको पछि पछि लाग्ने काम नगर्न सचेत गराउनुभयो । लोकतन्त्र आएपछि बैचारिक ढंगले भेदभाव गरिएका घटनाको फेयरिस्त दिदै उहाँले वर्तमान सरकार तानाशाही छ भनी प्रश्न गर्नुभयो ।

    उहाँले भन्नुभयो “अहिलेको सरकार तानाशाही छ ? लोकतन्त्रमा ५० औ पल्ट हामी गिरफ्तार भएका छौ । नेताहरुले चुटाई खाएका छन् । के अहिलेको सरकार त्यस्तो छ र ? ”उहाँले राज्यकोशको दुरुपयोग गर्ने, मुख मिठ्याउने र जिब्रो चाट्ने काम नगर्न पनि सबैलाई सचेत गराउनुभयो ।

    राष्ट्रिय राजनीतिमा प्रद्षित खेल खेलियो

    प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिलाई प्रदुषित गर्ने खेल भईरहेको बताउनुभयो । उहाँले लोकतान्त्रिक प्रणालीका मुल्य मान्यता र प्रक्रियाबाट राजनीतिलाई पदभ्रष्ट बनाउने र अलोकतान्त्रिक प्रक्रियाबाट राजनीतिको छिनोफानो हुनुपर्छ भन्ने अराजकतावादी सोचहरु हावी हुदै गएको र सरका त्यसकिसिमका अलोकतान्त्रिक गतिविधिसंग लडिरहेको स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो “ राष्ट्रिय राजनीतिलाई बहुतै प्रदुषित गर्न खोजिदै छ । लोकतान्त्रिक बाटोबाट, लोकतान्त्रिक प्रणालीका मुल्य मान्यता र प्रक्रियाबाट राजनीतिलाई पदभ्रष्ट बनाउने र अलोकतान्त्रिक प्रणाली र अलोकतान्त्रिक प्रक्रियाबाट राजनीतिको छिनोफानो र त्यसको संञ्चालन हुनुपर्छ भन्ने अराजकतावादी सोचहरु जसरी अघि बढेका छन् । त्यसको विरुद्धमा लोकतन्त्रको रक्षाका लागि हामी लडिरहका छौ । ”

    उहाँले सरकार संविधानको श्रृजनात्मक प्रयोग गर्दै लोकतन्त्रको सही ढंगले उपयोग गर्ने , जनताका समस्या सम्बोधन गर्ने,सामाजिक सुव्यवस्था र सुशासन कायम गरी विकासको बाटोमा मुलुकलाई अघि बढाउने वर्तमान आवश्यकतामा केन्द्रीत भएको बताउनुभयो ।

    कसले गरेको निर्वाचनमा सहभागी हुने ?
    प्रधानमन्त्री ओलीले आफुलाई प्रजातन्त्रवादी भन्नेहरु पनि प्रचण्डपथ अंगिकार गरेर लोकतन्त्र विरोधी खेलमा लागेको टिप्पणी गर्नुभयो ।
    लोकतान्त्रिक सिध्याउन र हिंसाको बाटोबाट सत्ता कब्जा गर्न हिडेकाहरु त्यो संभव नभएपछि शान्ति प्रक्रियामा आएको र अहिले तीनैको सत्ता कब्जा गर्ने रणनीतिलाई आफु प्रजातन्त्र र लोकतन्त्र बादी भन्नेहरुले पनि साथ दिएको टिप्पणी प्रधानमन्त्री ओलीले गर्नुभयो ।

    उहाँले भन्नुभयो “हिंसाको बाटोबाट सत्ता कब्जा, लोकतन्त्रका विरुद्ध, लोकतान्त्रिक प्रणालीका विरुद्ध, संबैधानिक र शान्तिपुर्ण बाटोका विरुद्ध चलाईएको हिंसात्मक गतिविधि र त्यसबाट कब्जा गर्न नसकेपछि ट्याक्टीकल मुभबाट शान्ति पुर्ण ढंगले लोकतान्त्रिक प्रक्रियामा आउन बाध्य भएपछि त्यसबाटोबाट फेरी कब्जा गर्न खोज्ने ? अहिले त आफुलाई प्रजातन्त्रवादी भन्नेहरु पनि प्रचण्डपथ अंगिकार गरेर कुदे जस्तो लाग्छ । सरकार चलाउन पनि नदिने वितण्डा फैलाउने कुप्रचार गर्ने प्रयासहरु हुदै आए र गतबर्ष देखि यो प्रयास अत्यन्तै तिब्र हुदै गए । ”

    वर्तमान झण्डै दुईतिहाईको हैसियत प्राप्त गरेर जनताको अभिमतबाट संविधान सम्मत ढंगले बनेको सरकार भएको भन्दै उहाँले लोकतन्त्र सिध्याउन हिडेकाहरुले सरकारको विरोध गरेको बताउनुभयो ।

    उहाँले नेपाली कांग्रेस उत्तेजना र आवेशमा प्रचण्डपथमा, प्रचण्डलाई गुरु मानेर अघि बढेको भन्दै उहाँले आवेश र उत्तेजनाको राजनीतिक नगर्न सभापति देउवालाई सुझाव दिनुभयो । उहाँले झण्डै दुई तिहाई को सरकारले गरेको निर्वाचनमा भाग नलिए कसले गरेको लिने भनी प्रश्न गर्नुभयो ।

    उहाँले भन्नुभयो “के गर्दा हुन्छ लोकतान्त्रिक ? सडकबाट हुन्छ ? फलानाले गरेको चुनावमा भाग लिन्न । अहिलेको प्रधानमन्त्री देशमा पपुलर भोट भएको । जनताको विश्वास जितेर आएको पार्टी, अहिलेको विपक्षी दलले गरेको चुनावबाट त्यो हैसियत प्राप्त गरेको पार्टीको नेतृत्वमा भएको चुनावमा नजाने ? यो कुन लोकतान्त्रिक प्रक्रिया, अभ्यास र आचरणभित्र कहाँनेर पर्छ ?”

    कु भनेको के हो थाहा छ ?
    लोकतन्त्रका विरुद्धमा हुदै आएका अनुचित कुराहरुको विपक्षमा नागरिक समाज पनि बोल्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले नागरिक समाज र वुद्धिजीवीको भूमिका माथि प्रश्न गर्नुभयो । केही व्यक्तिहरुले आफुले भनेजस्तो नहुँदा संविधान विपरित देख्ने गरेको भन्दै उहाँले कु भनेको के हो थाहा छ भनी प्रश्न गर्नुभयो ।उहाँले भन्नुभयो “आफुले भने जस्तो भएन भने कु भयो भन्ने । के बर्मा जस्तै भएको हो नेपालमा । कु के लाई भनिन्छ ? संविधानको पालना, लोकतान्त्रिक अभ्यास गर्दा कु हुन्छ ? ”

4565