• नाइजेरियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम अत्ताहिरुको विमान दुर्घटनामा परेर मृत्यु भएको छ । बीबीसीका अनुसार देशको उत्तर–पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा परेर जनरल इब्राहिमको मृत्यु भएको हो ।

    सेनाले बयान जारी गर्दै खराब मौसममा विमान ल्याण्ड गर्ने प्रयास भएपछि सेना प्रमुख तथा चालक दलका सदस्य समेत गरी ११ जनाको मृत्यु भएको जानकारी दिएको छ । यो घटनासँगै त्यहाँका राष्ट्रपति मुहम्मद बुहारीले सेना प्रमुखसँगै सबै मृतकप्रति समवेदना प्रकट गरेका छन् । सेना प्रमुख इब्राहिम ५४ वर्षका थिए । एक दशकभन्दा बढी समयदेखि चलिरहेको जिहादी विद्रोहमा विद्रोहीसँग लड्न र सेनाको शक्ति बढाउन सरकारले उनलाई सेना प्रमुख बनाएको थियो ।

4565