-
भारतमा कोभिड–१९ बाट एकदिनमा अहिलेसम्मकै धेरै मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४ हजार ५ सय २९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भारतमा एक दिनमा मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा उच्च संख्या हो ।
यसअघि भारतमा एक साता अघि ४ हजार ३ सय मानिसको एकैदिनमा कोभिडका कारण मृत्यु भएको थियो । यसका साथै सोही समयमा २ लाख ६७ हजार मानिसमा संक्रमण देखिएको छ । भारतमा अहिलेसम्म २ करोड ५० लाख मानिसमा कोभिड संक्रमण भइसकेको छ । १२ मे पछि भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ४ हजार माथि भएको यो सातौंपटक हो । सोमबारबाट कोभिडको नयाँ संक्रमितको संख्या पनि तीन लाख भन्दा कम रहेको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३