-
अमेरिकाले निम्न र मध्यम आय भएका मुलुकलाई उच्च प्राथमिकतामा राखेर आफूसँग भएको ८ करोड खोप वितरण गर्ने जनाएको छ । अमेरिकासँग भएको खोपका लागि संसारभरबाट अनुरोध आएपछि कसलाई प्राथमिकता दिने भन्नेमा अमेरिका दबावमा थियो ।
यद्यपि निम्न र मध्यम आय भएका मुलुकलाई प्राथमिकता राख्नेमा सैद्धान्तिक निष्कर्षमा अमेरिकी अधिकारी पुगेका छन् । भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै अमेरिकी विदेश मन्त्रालयको ग्लोबल कोभिड रेस्पोन्स एण्ड हेल्थ सेक्युरीका ग्याले इ स्मिथले अमेरिका मध्यम र निम्न आय भएका मुलुकलाई खोप दिने विषयमा केन्द्रित भएको बताएकी छन ्।
उनले खोपको आपूर्तिका लागि जी–७ मुलुकहरुसँग कुराकानी गरिरहेको समेत बताएकी छन् । पछिल्लो समय नेपाल लगायतका भारतका छिमेकी मुलुकमा बढ्दो संक्रमण र भ्याक्सिनको अभावका सम्बन्धमा अमेरिकाले विशेष चासो दिएको छ । उनले भारतका छिमेकी मुलुकहरुमा बढिरहेको आपत्कालीन अवस्थाको बारेमा समेत आफूहरुले नजिकबाट हेरिरहेको बताइन् ।
विश्वको सबैभन्दा बढी खोप उत्पादन गर्ने मुलुक भारतले आफ्नो उत्पादनलाई घरेलु प्रयोजनका लागि मात्र प्रयोग गरेपछि यतिबेला अमेरिकामाथि संसारभरीबाट दबाव छ । विश्वभरबाट माग बढेपछि अमेरिकाले खोप उत्पादनलाई बढाउने तयारी गरेको छ । पहिला आफूसँग रहेको ६ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले दुई दिन अगाडि मात्र थप दुई करोड वितरण गर्ने घोषणा गरेको छ ।
अमेरिकी अधिकारीहरुका अनुसार त्यसलाई अझ नबढाएमा विश्वव्यापी रुपमा आएको माग पूरा गर्न सकिंदैन । अमेरिकी राजनीतिज्ञ, नागरिक समाज र मिडियाले त्यहाँको नेतृत्वलाई विश्वव्यापी खोप अभियान सन्चालन गर्न दवाव दिइरहेका छन् ।
News Desk 0 response बिहिबार, जेष्ठ ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३