-
अरब सागरमा बनेको चक्रवातले भारतमा विध्वंस मच्चाउन थालेको छ । आज यसले अझ भयंकर रूप लिने खतरा बढेको त्यहाँका मौसमविद्ले अनुमान गरेका छन् । यसको गति तीव्र बन्दै गएको र सोमबारसम्म प्रतिघण्टा १६० किलोमिटर हुन सक्ने मौसमविदको अनुमान छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार चक्रवात प्रभावित धेरै क्षेत्रमा तीव्र गतिमा आँधीसहित ठूलो वर्षा भइरहेको छ । केरलको एर्नाकुलम र कोझिकोड जिल्लामा आँधीका कारण २ जनाको मृत्युसमेत भइसकेको छ । २ हजार मानिस विस्थापित भएका छन् । केरल राज्यका मुख्यमन्त्री पिनाराई विजयनले चक्रवातका कारण विद्युत् र कृषि क्षेत्रमा ठूलो नोक्सान भएको बताएका छन् ।
भारतका मौसमविद्का अनुसार अरब सागरमा बनेको सामुद्रिक आँधी (चक्रवात) उत्तरतर्फ अघि बढिरहेको छ र गोवाको पन्जिमदेखि लगभग २५० किलोमिटर दक्षिण–पश्चिम र मुम्बईदेखि ६२० किलोमिटर दक्षिण–दक्षिण–पश्चिम पुगेको छ । चक्रवातका कारण तमिलनाडुका तटीय जिल्ला र लक्षद्वीप टापुका क्षेत्रमा पनि ठूलो वर्षा भइरहेको छ । त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । विश्लेषणअनुसार मंगलबार र बुधबार देशको पश्चिमी भेगमा हल्कादेखि मध्यम वर्षाका साथै हावाहुरी पनि चल्ने सम्भावना छ ।
News Desk 0 response आइतवार, जेष्ठ २, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३