-
गाजा तथा जेरुशेलमसहितका क्षेत्रमा हिंसा चर्किदै गएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनका नेतासँग टेलिफोन संवाद गरि चासो व्यक्त गरेका छन् । राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासलाई टेलिफोन गरि हिंसाप्रति चासो व्यक्त गरेका हुन् ।
संवादको क्रममा बाइडेनले नेतन्याहूलाई हमास वा अरु कुनै पनि आतंककारी समूहबाट हुने आक्रमणबाट आफ्नो प्रतिरक्षा गर्ने इजरायली अधिकारको पक्षमा आफ्नो समर्थन रहेको बताएका छन् । उनले दुवै तर्फ भएका मृत्युलाई लिएर चासो व्यक्त गरेका छन् । बाइडेनले पत्रकारको सुरक्षालाई लिएर पनि कुराकानी गरेको ह्वाइट हाउसले जनाएको छ । बाइडेनले सत्तामा आएपछि पहिलोपटक प्यालेस्टाइनी राष्ट्रपति अब्बाससँग पनि टेलिफोन संवाद गरेका छन् ।
उनले हमासबाट इजरायलमा भइरहेको रकेट आक्रमण रोकिनु पर्ने बताएको ह्वाइट हाउसले जनाएको छ । बाइडेनले प्यालेस्टाइनसँग सम्बन्ध बिस्तारका लागि आफू प्रतिवद्ध रहेको पनि बताएका छन् । वेष्ट ब्यांकमा रहेका राष्ट्रपति अब्बाससँग गाजालाई लिएर सीमित मात्रै अधिकार छ । गाजामा हमासको नियन्त्रण छ । तर अमेरिकाले हमाससँग कुराकानी गर्दैन, किनकी उसले हमासलाई आतंकवादी संगठन घोषणा गरेको छ ।
बाइडेनले दुवै देशका नेतासँग हिंसाको विकल्पको खोजीमा प्रतिवद्ध रहेको पनि बताएका छन् । अमेरिकी दूत हादी आम्र वार्ताको प्रयासका लागि शनिबार नै तेल अविव पुगेका छन् । उनले इजरायल, प्यालेस्टाइन तथा संयुक्त राष्ट्रसंघका अधिकारीसँग छलफल गरिरहेका छन् । गएको सोमबार यता गाजामा कम्तीमा १४८ तथा इजरायलमा १० जनाको ज्यान गएको छ । सन् २०१४ यता दुई पक्षबिच पहिलोपटक युद्धको अवस्था आएको हो ।
News Desk 0 response आइतवार, जेष्ठ २, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३





