-
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण विश्वभर १३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । वल्र्डओमिटरका अनुसार यस अवधिमा विश्वभर कोरोना संक्रमाणका कारण १३ हजार ६ सय ४७ जनाले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमध्ये ३ हजार ९ सय २० जना भारतीय छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर ८ लाख ४० हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा आधाभन्दा धेरै भारतका छन् ।
यस अवधिमा भारतमा चार लाख १४ हजार ४ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ब्राजिलमा २ हजार ५ सय ३१ जनाले ज्यान गुमाएका छन् भने मेरिकामा ८ सय ४७ जनाले ज्यान गुमाएका छन । यस्तै टर्कीमा ३ सय ४, रुसमा ३ सय ५१, पोल्याण्डमा ५ सय १०, अर्जेन्टिनामा ३ सय ९८, कोलम्बियामा ३ सय ९९, इरानमा ३ सय ३८, यूक्रेनमा ३ सय ७४ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणको कारण अहिलेसम्म विश्वभर ३२ लाख ६८ हजार ९ सय ४८ जनाले ज्यान गुमाएका छन् भने १५ करोड ६६ लाख ६९ हजार ६ सय २२ जनामा संक्रमण पुष्टि भएको छ ।
News Desk 0 response शुक्रबार, बैशाख २४, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३

बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३