• नुर्लानको निर्णायक गोलमा बुटवल लुम्बिनीलाई एक शुन्यले हराउदै ललितपुरले नेपाल सुपर लिगमा पहिलो जित दर्ज गरेको छ । यो जितमा ललितपुरले प्ले अफमा पुग्ने झिनो संभावनालाई कायमै राखेको छ । जितको खोजीमा रहेको ललितपुरले पाँचौ मिनेटमा नै अग्रता बनायो । कमल श्रेष्ठको कर्नरमा पेनाल्टी बक्समा निरज बस्नेतको ओभर हेड किकलाई कप्तान अञ्जन बिष्टले हेडर मार्फत मिलाइदिएको पासमा नुर्लानले गोल गरे । यो गोलमा ललितपुरले सुरूवातमा अग्रता बनायो ।

    पहिलो हाफ एक शुन्यको नतिजामा सकियो । दोस्रो हाफमा पनि दुवै टिमबाट थप गोल हुन नसक्दा नुर्लानको गोल नै निर्णायक बन्यो र ललितपुर पाँचौ खेलमा पहिलो जित निकाल्न सफल भयो । जितपछि ललितपुरले ५ खेलबाट ६ अंक जोड्दै शीर्ष चारमा उक्लदै प्ले अफमा पुग्ने झिनो संभावनालाई जिवितै राखेको छ ।

    यो हारमा प्ले अफमा पुग्ने संभावना न्युन बनेको छ । उसले ५ खेलबाट ५ अंक बनाएको छ र पाँचौ स्थानमा तल झरेको छ । धनगढीले भने प्ले अफमा स्थानमा पक्का गरेको छ । यसैबीच काठमाडौं रेजर्स नेपाल सुपर लिगको प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो ।

4565