-
उत्तर कोरियाले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले आफूमाथि शत्रुतापूर्ण रणनीति लिएको आरोप लगाएको छ । उत्तर कोरियाले आफूहरुको परमाणु कार्यक्रमलाई लिएर बाइडेन प्रशासन शत्रुतापूर्ण रणनीति अख्तियार गर्ने मनसायमा रहेको आरोप लगाएको हो ।
उत्तर कोरियाको परमाणु कार्यक्रम नियन्त्रण तथा त्यसबाट उत्पन्न हुन सक्ने अवस्थाको सामना गर्ने गरी ह्वाईट हाउसले आफ्नो रणनीतिक योजना सार्वजनिक गर्ने तयारी गरिरहेका बेला प्योङयाङको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो । उत्तर कोरियाको विदेश मन्त्रालयले आइतबार जारी गरेको वक्तव्यमा परमाणु कार्यक्रमलाई लिएर अमेरिकी राष्ट्रपति बाइडेनले संसदको संयुक्त शत्रमा गरेको टिप्पणीलाई असैह्य र ठूलो गल्ती भनेको छ । बाइडेनले उत्तर कोरियाको परमाणु कार्यक्रम विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा रहेको बताएका थिए । उत्तरले वासिङ्गटनबाट भएका पछिल्ला गतिविधिहरुले आफूसँग शत्रुतापूर्ण नीति कायम राख्ने पक्षमा अमेरिका देखिएको जनाएको छ ।
ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले गत शुक्रबार उत्तर कोरियाका सम्बन्धमा अमेरिकी नीतिको मुल्यांकन सम्पन्न भएको र बाइडेनले यसअघिका चार प्रशासनले लिएका नीतिबाट सिकिएका कुरा जानकारी लिएको बताएकी थिइन् । उत्तर कोरियाका सम्बन्धमा राष्ट्रपति बाइडेन सापेक्षताका आधारमा काम गर्ने नीतिको पक्षमा रहेको पनि ह्वाईट हाएसले जनाएको छ । प्योङयाङले आफ्ना सम्पूर्ण परमाणु कार्यक्रम बन्द गरोस् भन्ने पक्षमा अमेरिका छ भने उत्तर कोरिया आफूमाथि लाग्दै आएको सबै प्रतिबन्ध फुकुवा हुनु पर्ने पक्षमा छ ।
News Desk 0 response आइतवार, बैशाख १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३





