• भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणना परिणाम मध्ये पश्चिम बंगालमा तृणमूल कंग्रेसले भारतीय जनता पार्टीलाई निकै अन्तरले पछि पार्ने देखिएको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार ममता बनर्जीको पार्टी तृणमुल कांग्रेसले २१५ स्थानमा अगाडी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपा जम्मा ७६ सीटमा समेटिएको छ । अरु दलको उपस्थिति नगण्य देखिएको छ । पश्चिम वंगालमा २९४ सिटका लागि मतदान भएको थियो ।

    विधानसभाका लागि गत मार्च र अप्रिलमा विभिन्न चरणमा केरला, तमिलनाडु, पश्चिम बंगाल, आसम र पुडुचेरीमा निर्वाचन गरिएको थियो । तमिलनाडुको २३४ सदस्यीय विधान सभामा प्रतिपक्षी डिएमकेले १२९ स्थानमा अग्रता लिँदा सत्तारूढ एआइएडिएमके ९० स्थानमा अगाडि छ । १४० सिटको केरल विधानसभामा मुख्यमन्त्री पिनरई विजयन नेतृत्वको लेफ्ट डेमोक्रेटिक फ्रन्ट जित नजिक छ । १२६ सदस्यीय विधान सभा भएको आसममा सत्तारूढ भारतीय जनता पार्टीले ७३ स्थानसहित सरकार बनाउने हैसियतमा देखिँदैछ । केन्द्र प्रशासित पुडुचेरीको ३० सिटमा भने भाजपा १६ र कंग्रेस आई १२ स्थानमा अगाडि छन् ।

4565