• भारतमा एकै दिन थप ४ लाखभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । बीबीसीका अनुसार पछिल्लो २४ घण्टा मा थप ४ लाख ८ हजार ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    २४ घण्टाभित्र भेटिएका संक्रमितको यो संख्या विश्वमै अहिलेसम्मकै बढी हो । यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण ३ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमित व्यक्तिको संख्या १ करोड ९१ लाख ६३ हजार ४ सय ८८ पुगेको छ भने यसकै कारण मृत्यु भएकाको संख्या २ लाख ११ हजार ७ सय ८८ पुगिसकेको छ ।

4565