-
भारतमा पहिलो पटक एकैदिन कोरोनाभाइरसका ३ हजार बढी संक्रमितले ज्यान गुमाएका छन । भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार मंगलबार भारतभरि ३ हजार २ सय ८६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ लाख पार गरेको छ ।
अहिलेसम्म भारतमा कोरोनाबाट २ लाख १ हजार १ सय ६ जनाको ज्यान गएको छ । कोरोनाबाट सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउनेमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ । त्यहाँ ५ लाख ८७ हजार मानिसको मृत्यु भएको छ । त्यसैगरी ब्राजिल ३ लाख ९५ हजार र मेक्सिकोमा २ लाख १५ हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ ।
कोरोनाबाट २ लाख बढी नागरिकको मृत्यु हुनेको भारत चौंथो मुलुक बनेको छ । भारतमा अझै पनि संक्रमण तीव्र रूपमा बढिरहेकाले मृत्युदर पनि बढ्नेछ । पछिल्लो सात दिनदेखि भारतमा हरेक दिन ३ लाख बढी संक्रमित थपिएका छन् भने २ हजार बढी मानिसले ज्यान गुमाएका छन् । कतिपय विज्ञहरूले भारतमा सरकारी तथ्यांकमा देखाएभन्दा धेरै नै मानिसहरूको कोरोनाबाट मृत्यु भएको हुन सक्ने बताएका छन् ।
News Desk 0 response बुधबार, बैशाख १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३





