-
भारतमा नयाँ कोरोना संक्रमित थपिने क्रम तीव्र रुपमा बढेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या कोरोना संक्रमण सुरु भय यता एकै दिन कुनै पनि देशमा संक्रमित भेटिएको अहिलेसम्मकै धेरै हो ।
सोही अवधिमा कोभिडका कारण भारतमा २ हजार ७ सय ६७ जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या एक लाख ९२ हजार नाघेको छ । त्यहाँ हालसम्म एक करोड ६९ लाख ६० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ । भारतमा हाल २६ लाख ८२ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमित तिव्र रुपमा बढेपछि भारतमा विरामीले अस्पतालमा बेड समेत नपाउने दयनीय अवस्था सृजना भएको छ । प्रायः अस्पतालहरु बिरामीले भरिएका छन् ।
यसैबीच, भारतको राजधानी दिल्लीमा रहेका अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको छ । अक्सिजन नपाउँदा भेन्टिलेटर र आईसीयूमा राखिएका विरामीको मृत्यु हुन थालेको छ । कोरोनाका कारण अक्सिजनको माग बढेपछि भारतले विदेशबाट अक्सिजन ल्याउने तयारी थालेको छ ।
News Desk 0 response आइतवार, बैशाख १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३