-
नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो पटक विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा नेदरल्याण्ड्सलाई १४३ रनलेको विसाल अन्तरले हराएर नेपाल विजेता बनेको हो ।नेपालले प्रस्तुत गरेको २३९ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्ड्सले १७ ओभर दुई बलमा मात्र ९६ रनमा समेटिन पुग्यो । नेपालको अन्तर्राष्ट्रिय टी ट्वान्टीमा यो अहिलेसम्मकै सर्बाधिक ठूलो जित हो ।
नेदरल्याण्ड्सको पारीमा ओपनर म्याक्स ओ डौडले २० तथा सेबेष्टियन ब्राटले बनाएको २६ रन नै सर्बाधिक ब्यक्तिगत् योगफल रहन गयो । ब्राट अविजित रहेका थिए । कप्तान पिटर सीलरले १३ रनको योगदान दिए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेन ।नेपाली बलरहरुमा करण केसीले सर्बाधिक तीन विकेट लिए । कमल ऐरी र सन्दीप लामिछानेले सामान दुई दुई विकेट लिए । अविनाश बोहराले एक विकेट लिए । नेदरल्याण्ड्सका दुई जना ब्याट्सम्यान रन आउट हुन पुगे ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको नेपालले पुरै २० ओभर खेलेर मात्र तीन विकेटको क्षतिमा २३८ रनको विशाल योगफल तयार गरेको थियो । अन्तर्राष्ट्रिय टी ट्वान्टीमा नेपालको यो अहिलेसम्मकै सर्बाधिक ठूलो योगफल हो । यसअघि दक्षिण एशियाली खेलकुद सागमा नेपालले भुटान बिरुद्ध तीन विकेटको क्षतिमा २३६ रनको योगफल तयार गरेको थियो ।
ओपनर आशिफ शेष मात्र आठ बलमा १६ रन बनाएर पेभेलियन फर्किदा नेपालले दुई ओभर दुई बलमा ३० रन जोडेको थियो । सुरुवाती र मध्यक्रमका सबै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गरेपछि नेपालले विशाल योगफल तयार गर्न सफल भएको थियो ।
कुशल भुर्तेलको अद्र्धशतक
ओपनर कुशल भुर्तेलले मात्र ४३ बलमा पाँच चौका र दुई छक्का लगाएर आफ्नो अद्र्धशतक पुरा गरे। ११ रनको ब्यक्तिगत् योगफलमा पहिलो जिवनदान पाएका कुशलले १३ औं ओभरको चौथो बलमा फिलिप बोस्सेभेनको बलमा छक्का लगाउँदै अद्र्धशतक पुरा गरेका थिए । उनले ५३ बलमा आठ चौका र तीन छक्काको सहयोगमा सर्बाधिक ७७ रनको योगदान दिएका थिए । यो उनको टी ट्वान्टी अन्तर्राष्ट्रियको सर्बाधिक ब्यक्तिगत् योगफल समेत हो । प्रतियोगिताको पाँच खेलमा उनको यो चौथो अद्र्धशतक हो ।आशिफ सबेरै पेभेलियन फर्केपछि कुशल भुर्तेलसँग कप्तान ज्ञानेन्द मल्लले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेर टोलिको योगफल ८७ रनसम्म पुर्याएकाथिए ।
कुशल मल्लको पहिलो अद्र्धशतक
ज्ञानेन्द्रले मात्र १९ बलमा तीन चौका र दुई छक्का लगाएर ३३ रन बनाएर पेभेलियन फर्किदा चौथो नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्लले विष्फोटक पारी खेल्दै टोलिलाई १८ औं ओभरको चौथो बलमा दुई सय रनको योगफलसम्म पुर्याए । नेपालले १८ ओभरमा तीन विकेटको क्षतिमा २०६ रन बनाउँदा कुशल मल्लले मात्र २२ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ४८ रन बनाए । लगत्तै कुशल मल्लले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा आफ्नो पहिलो अद्र्धशतक पुरा गरे । उनले मात्र २४ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ५० रन बनाएर अविजित रहे ।पारीको उत्कृष्ट अन्त्य
नेपालले १२ औं ओभरदेखि १७ औं ओभरका बीच पाँच ओभरमा ८६ रन जोड्दा कुशल भुर्तेलको रुपमा एक मात्र विकेट गुमाउन पुग्यो । अन्तिम पाँच ओभरमा नेपालले एक विकेट गुमाएर ८१ रन जोड्यो ।कुशल मल्ल, कुशल भुर्तेलले अद्र्धशतक लगाउँदा दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ४८ रन बनाएर अविजित रहँदै अद्र्धशतक लगाउनबाट चुके । उनले पारीको अन्तिम बलमा चौका लगाएर ४८ रन बनाउन सफल रहे ।यो जीतसंगै नेपालले ट्रफि उचाल्दै विजेता बन्न सफल बन्यो । नेपाली किक्रेट टिमलाई हाम्रो पनी हार्दिक बधाई ।
News Desk 0 response शनिबार, बैशाख ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३





