-
भारतमा कक्षा दशको वार्षिक परीक्षा स्थगित गरिएको छ । मुलुकभर कोरोना भाइरसको संक्रमण तीव्र गतिमा वृद्धि भएको कारण देखाउँदै काउन्सिल फर इन्डियन स्कूल सर्टिफिकेट इग्जामिनेशन सीआईएससीईले १० कक्षाको राष्ट्रिय तहमा हुने परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।
सीआईएससीईले जारी गरेको वक्तव्यमा कोरोना भाइरस महामारीको बिग्रँदो अवस्थालाई मध्यनजर गरेर आईसीएसई अर्थात कक्षा १० को परीक्षा रद्द गर्ने निर्णय लिइएको उल्लेख छ । बोर्डले विद्यार्थी तथा शिक्षकको सुरक्षालाई प्राथमिकतामा राखेर कक्षा १० को परीक्षा कार्यक्रम तत्कालका लागि रोक्ने निर्णय लिइएको हो ।
यसैबीच सीआईएससीईले विद्यालयहरुलाई कक्षा ११ को भर्ना प्रक्रिया भनें सुरु गर्न भनेको छ । कक्षा १० को नतिजाका लागि ‘सही र निष्पक्ष’ तरिका अपनाउने र निश्चित गरिएको मितिमै नतिजा सार्वजनिक गरिने भएकाले कक्षा ११ को भर्ना प्रक्रिया सुरु गर्न सुझाएको हो । कक्षा १२ को परीक्षा भने तोकिएकै मितिमा हुने भनिएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३





