-
काठमाडौं नगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट सडक नाटक शुरु गरेको छ ।‘करदातालाई दबाब दिएर नभई सकारात्मक सन्देश सहित कर तिर्ने वातावरण निर्माण होस भन्ने हेतुले काठमाडौं महानगरपालिकाले ‘आनुसुकी घरबेटी बा सडक नाटक’ शुरु गरेको हो । महानगरपालिकाले पहिलो चरणमा काठमाडौं महानगरपालिका भित्रका वसन्तपुर, कालिमाटी, कलंकी, चावहिल, गौसाला, नयाँबानेस्वर लगायतका १० स्थानमा सडक नाटक गर्न लागेको हो । शुक्रबार बसन्तपुर, कालिमाटी र कलंकीमा सडक नाटक भएको छ । सडक नाटक मार्फत कर तिर्दा हुने फाइदा र नतिर्दा हुने बेफाइदाको विषयलाई देखाइएको छ ।
काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख डाक्टर शिवराज अधिकारीले करदातालाई कर र दबाबमा कर तिर्नुभन्दा स्वतःस्फुर्त रुपमा कर तिर्नुपर्छ भन्ने अभियान अन्तर्गत सडक नाटक मञ्चन गरिएको बतानउनुभयो । कानूनमा कर सम्बन्धी के व्यवस्था छ, कर कसरी तिर्नुपर्छ, समयमै कर तिर्दा के कस्तो छुट पाउन सकिन्छ भन्ने कुरालाई केन्द्रीत गरेर सडक नाटक गरिएको पनि उहाँले बताउनुभयो ।
महानगरपालिकाले पहिलो पटक सडक नाटक मार्फत कर सम्बन्धी सचेतना फैलाउन लागेको पनि अधिकारीले बताउनुभयो । पहिलो चरणमा आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारमा नाटक देखाइने र विस्तारै सबै स्थानमा नाटक गरिने बताउनुभयो । नाटक मार्फत करदातालाई कर तिर्नको लागि जागरुक गराउने मात्र नभई तिरेको कर राज्यले कसरी सदुपयोग गर्छ भन्ने देखाउन खोजिएको छ ।
News Desk 0 response शुक्रबार, बैशाख ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३