-
कोरोना भाइरसको नयाँ भेरियन्ट (परिवर्तित रुप) तीव्र रुपमा फैलिन थालेपछि भारतमा दैनिक संक्रमितको संख्या बढिरहेछ । शुक्रबार एकै दिन भारतमा १ लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित फेला परेका छन् । दैनिक संक्रमितको यो सङ्ख्या कोरोनाभाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् ।
वल्र्डोमिटर्सका अनुसार भारतमा बिहीबार पनि १ लाख ३१ हजारभन्दा बढी संक्रमित भेटिएका थिए । बुधबार यो संख्या १ लाख २६ हजार ३१५ थियो । यससँगै त्यहाँ कुल संक्रमित संख्या १ करोड ३२ लाख नाघेको छ । साथै शुक्रबार कोरोना संक्रमणका कारण भारतमा ७७३ जनाले ज्यान गुमाएका छन् । यससँगै त्यहाँ हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ४६७ पुगेको छ ।
भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १० लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार मात्रै ७७ हजार ५६७ जना कोरोनाभाइरस मुक्त भएका छन् भने अहिलेसम्म कोरोनाभाइरस मुक्त भएकाहरुको सङ्ख्या १ करोड १९ लाख ९० हजार ८५९ रहेको छ ।
News Desk 0 response शनिबार, चैत्र २८, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३