-
चौधरी ग्रुप अन्तर्गतको सीजी टेलिकमले आउँदो वैशाखभित्रै इन्टरनेट सेवा सञ्चालनमा ल्याउने गरी तयारी थालेको छ । कम्पनीले आक्रामक रुपमा बजारमा उपस्थिति जनाउने उद्देश्यका साथ काठमाडौंबाट एफटीटीएच इन्टरनेट सेवा विस्तार गर्न लागेको हो ।
यसअघि वैशाख १ देखि सञ्चालनमा ल्याउने तयारी गरिएपनि प्राविधिक कार्य नसकिएकाले केही सातामा इन्टरनेट सुरू गर्ने कम्पनी स्रोतले जानकारी दियो ।
सुरूवाती चरणमा काठमाडौंका केही स्थानबाट फाइबर इन्टरनेट सञ्चालनमा ल्याउने गरी आवश्यक पूर्वाधार तयार भइरहेको छ । कम्पनीले प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय इन्टरनेट दिने दाबी गरेको छ ।
नेपालको इन्टरनेट बजारमा चौधरी ग्रुपको प्रवेशसँगै अन्य सेवाप्रदायकमाथि चुनौती बढ्ने अनुमान गरिएको छ । यस बाहेक कम्पनीले प्वाइन्ट टु प्वाइन्ट फाइबर कनेक्सन, ओएलटी (अप्टिकल लाइन टर्मिनल), राउटर लगायतका आवश्यक उपकरण तथा सामग्री समेत खरिद प्रक्रिया अगाडि बढाइसकेको छ ।
मोबाइल तथा आधारभूत दूरसञ्चार सेवा सञ्चालनका लागि युनिफाइड लाइसेन्स पाउन नसकेको सीजी तत्काल इन्टरनेट सेवामा केन्द्रीत भएको हो । ब्याण्डविथ आयात तथा इन्टरनेट सेवा सञ्चालनका लागि कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणबाट यसअघि नै नेटवर्क सेवाप्रदायक र इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र लिइसकेको छ ।
अप्टिकल फाइबर नेटवर्कको निर्माणमा आधारभूत दूरसञ्चार सेवा सञ्चालनको लाइसेन्स लिएर फाइभजी सेवामा आक्रामक रुपमा प्रस्तुत योजना समेत कम्पनीले बनाएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३