-
नेपाली कांग्रेसका युवा नेता गगन थापाले देशका संबैधानिक संस्था भत्काउने सरकारको दुष्प्रयास विरुद्ध कांग्रेस बलियो ढंगले उभिनुपर्ने बताउनुभयो ।काठमाण्डौमा शुक्रबार नेपाल निजामति कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन कार्यक्रममा नेता थापाले विगतमा आशंका गरिएकै बाटोमा नेपालको राजनीति अगाडि बढेको भन्दै त्यस विरुद्ध कांग्रेस उभिनुपर्ने धारणा राख्नुभएको हो ।
उहाँले संस्था बलियो बनाउने भन्दा व्यक्तिबलियो बनाउने गलत दर्शनबाट प्रभावित भएर प्रधानमन्त्री केपी शर्मा ओली अघि बढीरहेको र देशका संबैधानिक संस्थाहरुलाई एकपछि अर्को भत्काउने र कमजोर बनाउने खेलमा लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो “२०७४ साल फागुन २७ गते प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिईसकेपछि पार्टीको तर्फबाट संसदमा शुभकामना दिने क्रममा मैले भनेको एउटा कुरा म सम्झन्छु – एउटा आशंका छ कि तपाईको पृष्ठभूमि हेर्दा, तपाईको रुझान हेर्दा अहिले प्राप्त भएको स्थिरतालाई नेपालको संस्थाहरु बलियो बनाएर,पद्धति बलियो बनाएर परिणाम दिनका लागि प्रयोग गर्न भन्दा पनि व्यक्ति बलियो भयो भने परिणाम आउछ भन्ने गलत दर्शनबाट प्रभावित भएर त्यो बाटोमा देशमा लैजान सक्नुहुन्छ भन्ने मलाई आशंका छ । यो भयो भने देशमा ठूलो दुर्घटना हुन्छ भनेको बोलेको म सम्झन्छु । त्यो भनिरहदाँ यो नहोस् भन्ने थियो । ”
संविधान निर्माणपछिको निर्वाचन र त्यसपछिको सरकारले नेपालको राजनीतिक प्रतिष्पर्धालाई नयाँ उचाईमा लैजान्छ भन्ने अपेक्षा भएपनि विगतमा आशंका गरिए जस्तै ढंगले नेपालको राजनीति अघि बढेको उहाँले उल्लेख गर्नुभयो ।संसद, अदालत, संबैधानिक निकायहरु, आयोगहरु, प्रशासन लगायत सबै तर्फ अस्तव्यस्त रहेको भन्दै उहाँले स्थिर सरकारले दीर्घकालिन सोच राखेर नभई व्यक्ति केन्द्रीत शक्ति एकिकृत गर्ने ढंगबाट अघि बढेको बताउनुभयो ।
विभिन्न ढंगले राजनीतिक विभाजन ल्याउने प्रयास गरेका प्रधानमन्त्री ओलीले त्यो सफल नभएपछि विकास निर्माणको काम अघि सारेर जबरजस्त विभाजन गर्ने प्रयास गरेको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय ओली पक्षमा रहेका समुह विकास प्रेमी र ओलीको विपक्षमा उभिनेहरु विकास विरोधीको कित्तामा देखिएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो “पपुलिष्ट लिडरको क्यारेक्टर एउटै हुन्छ । पपुलिष्ट लिडर देशको समस्याहरु अत्यन्तै सामान्य छन् । म भन्दा अगाडिका शासकहरु खराब र अयोग्य भएकाले गर्न नसकेको हो । तर म संग क्षमता छ त्यसकारण मैले तत्काल यसको हल गर्छु भन्छ । ”
उहाँले वर्तमान सरकारले नै आगामी आर्थिक बर्षका लागि बजेट ल्याउन पायो भने देशले भारी बोक्न नसक्ने गरी बजेट ल्याउने दाबी गर्नुभयो ।उहाँले भन्नुभयो “जेठ १५ गते यो सरकारले बजेट ल्याउन पायो भने, अहिले नै दाबाका साथ भन्न सकिन्छ, सिंगो देशले भारी बोक्न नसक्ने भारी नेपालको अर्थतन्त्रलाई बोकाउने गरि बजेट ल्याउँछ तर त्यसको उत्तर हामी दिन सक्ने अवस्थामा रहदैनौ ।
अहिलेको प्रधानमन्त्रीले लोकसेवा आयोगको संबैधानिक परिषद्को अध्यक्षको रुपमा नियुक्त गर्न पाउनुभयो भने अर्को एउटा हनुमानलाई ल्याएर त्यहाँ राख्नुहुन्छ भन्ने कुराको अहिले नै अनुमान लगाउन सक्छौ । ”
नेपाली कांग्रेसले आफ्नो कर्तव्य र धर्म निर्वाह गरि अवसरको दुरुपयोग गरेका प्रधानमन्त्री ओलीलाई दण्डित गरेर पदच्युत गर्ने हिम्मत गर्न सक्नुपर्ने बताउनुभयो । हटाएपछि उत्पन्न अवस्थाको सामना गर्ने क्षमतामा कांग्रेस रहेको भन्दै उहाँले नेतृत्वलाई त्यस तर्फ अघि बढ्न आग्रह गर्नुभयो । सरकारका क्रियाकलापहरु संबैधानिक संस्थाहरु भत्काउन उद्त रहेको र संबैधानिक परिषद् सम्बन्धी अध्यादेश पनि संस्था भत्काउने प्रयास स्वरुप आएको भन्दै उहाँले सरकारका त्यस्ता क्रियाकलापविरुद्ध कांग्रेस उत्रनुपर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँले निर्वाचनमा जादै गर्दा विगतको इतिहास रटेर नभई तथ्यगत रुपमा एजेण्डासहित जनतामाझ जान पनि सुझाउनुभयो ।उहाँले भन्नुभयो “यो पटक कांग्रेस निर्वाचनमा जादै गर्दा मेरा बा ले ध्यु खाएका थिए । हात सुँघ सुँघ भनेर गएर हुदैन । ५ बर्ष मौका पाउँदा के के गर्छौ भनेर औला भाँचेर भन्नुपर्छ ।”
उहाँले निजामति कर्मचारी युनियनलाई आफ्ना समस्या र मागहरुलाई लिपिबद्ध गर्न र अनुकुल ढंगले विधान संसोधन गर्न सुझाव दिनुभयो । उहाँले सबै सेवाग्राहीलाई समान सेवा दिन र राजनितिक दल हेरेर व्यवहार नगर्न पनि सुझाव दिनुभयो ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
इटहरीमा पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया, होमस्टे र स्थानीय संस्कृतिमा जोड
शुक्रबार, असार ५, २०८३ -
महिला उद्यमशीलता बढाउँदै सेभ द अर्थ, रामधुनीमा उत्पादन प्रदर्शनी
शुक्रबार, असार ५, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३





