-
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रतिनिधिसभालाई प्रधानमन्त्री ओलीले आफु अनुकुल चलाउन खोजेको आरोप लगाउनुभएको छ ।
शनिबार काठमाडौं नेपाल शिक्षक संघ संघीय कार्यसमिति कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीले आफु अनुकुल संसद बन्द गर्ने र खोल्ने गरेको आरोप लगाउनुभएको हो ।देउवाले संसद अधिवेशन लगाएतका बिषयमा ओलीले गरेको निर्णयमा राष्ट्रपतिले पनि आखाँ चिम्लेर सहिछाप गर्ने गरेको तर्क गर्नुभयो ।
कांग्रेससंग संसद बोलाउने संख्या पनि नपुग्ने बाध्यता रहेको भन्दै उहाले संसदमा सरकारबिरुद्ध आवाज उठाउदा ओलीले संसद बन्द गर्ने गरेको जिकिर गर्नुभयो । देउवाले अहिले प्रतिकुल अवस्था रहेपनि संसदमा लडेर प्रजातन्त्रलाइ बलियो बनाउने धारणा राख्नुभयो । उहाले बिभिन्न निकायमा ओली सरकारले गरेको हस्तक्षेपको विरुद्ध कांग्रेस सशक्त रुपमा उत्रिने चेतावनी दिनुभयो ।
त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भन्दै संसदमा अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउने बताउनुभयो । उहाले जनताले दिएको दुईतिहाइको जनमतलाई प्रधानमन्त्रीले लत्याएको आरोप समेत लगाउनुभयो । अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने उहाले स्पष्ट पार्नुभयो ।पौडेलले प्रधानमन्त्रीमा अहंकार देखिएको र मुलुकमा समग्र लोकतन्त्रमाथि खतरा ल्याएको बताउनुभयो ।
News Desk 0 response शनिबार, चैत्र २१, २०७७
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३