-
सहारा क्लब पोखराले आयोजना गर्ने मोफसलकै प्रतिष्ठित १९ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिम ‘सहारा क्लब’ र विभागिय टोली एपीएफ क्लब भिड्ने भएको छ ।आगामी २१ गते पोखरा रङ्गशाला स्थित खेल मैदानमा दिउसो २ बजे सहारा र एपीएफ बिच उद्घाटन खेल सञ्चालन गरिने पोखरामा आज (बिहिबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।
आयोजक संस्थाका अध्यक्ष केशव बहादुर थापाले २२ गते मछिन्द्र क्लब र अफ्रिकन रुट एशोसियसन, डाउला क्यामरुन बिच खेल हुने बताए । उनका अनुसार २३ गते संकटा क्लब र नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब बिच तेस्रो क्वाटरफाईनल खेल हुनेछ । भने चौथो क्वाटरफाईनल खेल रुस्लान थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुनेछ ।उनले पहिलो सेमीफाईनल खेल २५ गते २१ गते र २३ गतेको बिजेता टिम बिच प्रतिस्पर्धा हुने बताए ।
थापा मगरका अनुसार २२ गते र २४ गतेको विजेता टोलीले २६ गते दोस्रो सेमीफाईनल खेल खेल्नेछ । भने फाईनल खेल २८ गते हुनेछ ।सो प्रतियोगिताको उद्घाटन समारोहमा ‘सर्बाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७’ बाट नगद रु ३५ हजार, दोसल्ला तथा सम्मनपत्रद्वारा अभिषेक रिजाललाई सम्मान गरिने अध्यक्ष थापामगरले बताए ।सो प्रतियोगितामा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार क्लब, विभगिय टोली एपिएफ, संकटा क्लब, मछिन्द्र क्लब, आयोजक टोली सहारा क्लब र अफ्रिकन रुट डउला क्यामरुन गरि कुल ८ टिमको सहभागिता रहनेछ ।उनले उक्त प्रतियोगिताको उपाधि राशिमा फेरबदल नगरिएको बताउदै विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १० लाख १ हजार प्रदान गरिने बताए ।
त्यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ५ लाख १ हजार प्राप्त गर्नेछ ।यसैगरी विधागत रुपमा सर्वाेत्कृष्ट हुने खेलाडीले एप्रिला स्कुटर प्राप्त गर्नेछ । यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच घोषित हुने प्रत्येकलाई ट्रफी तथा जनही २५ हजारद्वारा पुरस्कृत गरिनेछ ।सो प्रतियोगिताबाट बचत भएको रकमले पोखरा १७ दोविल्ला स्थित सहारा एकेडेमी सञ्चालनार्थ खर्च गरिने आयोजकले जनाएको छ ।
News Desk 0 response बिहिबार, चैत्र १९, २०७७
सम्बन्धित शीर्षकहरु
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३





