-
इटहरी। सरकारी विद्यालयप्रतिको परम्परागत धारणा परिवर्तन गर्दै इटहरी–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले अब साधारण शिक्षासँगै रोजगारीमुखी अध्ययनलाई प्राथमिकता दिदै आएको छ। होटल म्यानेजमेन्ट तथा ब्युटिसियन एन्ड हेयर डिजाइन विषय सञ्चालनमा आएपछि विद्यालयमा विद्यार्थीको आकर्षण उल्लेखनीय रूपमा बढेको हो।
विद्यालयले शुक्रबार दुर्गा पार्टी प्यालेसमा कक्षा ११ मा भर्ना भएका ३७५ जना नयाँ विद्यार्थीको स्वागत तथा डिप्लोमा इन सिभिल इन्जिनियरिङ तेस्रो वर्ष पूरा गरेका २३ जना विद्यार्थीको बिदाइ कार्यक्रम आयोजना गर्दै व्यावसायिक शिक्षालाई थप विस्तार गर्ने योजना सार्वजनिक गरेको हो।
राष्ट्रिय माविका प्रधानाध्यापक सरनकुमार बस्नेतले बदलिँदो समयअनुसार विद्यार्थीलाई केवल प्रमाणपत्र होइन, सीप र रोजगारीसँग जोड्ने शिक्षा आवश्यक भएकाले विद्यालयले व्यावसायिक विषय थप गरेको बताए । उनका अनुसार होटल म्यानेजमेन्ट र ब्युटिसियन अध्ययनले विद्यार्थीलाई आत्मनिर्भर बन्ने अवसर प्रदान गर्नेछ।
कार्यक्रमकी प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीताकुमारी चौधरीले सरकारी विद्यालयले समयको मागअनुसार शिक्षाको स्वरूप परिवर्तन गर्नु सकारात्मक कदम भएको बताइन्। उनले प्राविधिक तथा व्यावसायिक शिक्षाले युवालाई स्वदेशमै अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डा। सन्देशदास श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जीवन पराजुली, पूर्व राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङ,जनता बहुमुखी क्याम्पस ब्यवस्थापन समितीका अध्यक्ष विकास केसी तथा ब्युटिसिय ब्यवसायी संघ सुनसरीकी अध्यक्ष बिजुबैनी श्रेष्ठले विद्यार्थीलाई करिअर, उद्यमशीलता र सीप विकासका विषयमा प्रेरणादायी सुझाव दिएका थिए।
News Desk 0 response शनिबार, साउन ९, २०८३
साहीे अवसरमा विभिन्न सरकारी निकायमा कार्यरत विद्यालयका पूर्वविद्यार्थी, राष्ट्रिय परीक्षा बोर्डबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा अनुशासन, नियमित उपस्थिति, उत्कृष्ट अध्ययन र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले साँसिकृतिक प्रसतुतीहरु प्रस्तुत गरेका थिए ।
कक्षा १२ शिक्षा समूहकी दृष्टि तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा इटहरी–१ का वडाध्यक्ष रतन कार्की लगायत शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो।
सम्बन्धित शीर्षकहरु
-
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३ -
पैसाको मूल्य कि मानवीय मूल्यको पतन ? ..
मङ्लबार, साउन ५, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३
-
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३ -
बेलबारीमा ‘एक घर, एक सहभागिता’ अभियान सुरु ः इमानस्मृति टोलले थाल्यो बृहत् सरसफाइ
शनिबार, साउन २, २०८३ -
इटहरी बजारको सुरक्षामा नयाँ अध्याय, वडा प्रहरी कार्यालय उद्घाटन
शुक्रबार, साउन १, २०८३
-
पैसाको मूल्य कि मानवीय मूल्यको पतन ? ..
मङ्लबार, साउन ५, २०८३ -
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३





