-
इटहरी– लामो समयदेखि स्वास्थ्य सेवा र औषधि व्यवसायमार्फत इटहरीवासीको विश्वास जित्दै आएका इटहरी मेडिकलका सञ्चालक बलबहादुर न्यौपाने यसपटक उद्योग वाणिज्य संघ इटहरीको सदस्य पदका उम्मेदवार बनेका छन्। अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेको समूहबाट चुनावी मैदानमा उत्रिएका न्यौपानेले व्यवसायीको हकहित र व्यवसायमैत्री वातावरण निर्माणका लागि आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सालिन, भद्र र इमान्दार व्यवसायीका रूपमा परिचित न्यौपानेले सानो लगानीबाट इटहरी मेडिकल सञ्चालन सुरु गरेका थिए। व्यवसाय सञ्चालनकै क्रममा उनले लोकसेवा आयोगबाट सिएमए पदमा नाम निकाल्न सफल भए पनि औषधि व्यवसायमै ठूलो सम्भावना देखेर सरकारी जागिरको अवसर त्यागे। व्यवसाय विस्तार गर्दै थप रोजगारी सिर्जना गर्ने उनको निर्णय आज सफल उदाहरण बनेको छ।

हाल इटहरी मेडिकलमार्फत धेरै युवाले प्रत्यक्ष रोजगारी पाएका छन् भने इटहरीमै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध गराएर विराटनगर वा धरान धाउनुपर्ने बाध्यता धेरै बिरामीका लागि कम भएको छ। स्वास्थ्य क्षेत्रमा उनको योगदान र सेवाभावका कारण उनी स्थानीय समुदायमाझ विश्वासिला व्यवसायीका रूपमा स्थापित छन्।
उद्योग वाणिज्य संघ इटहरीमा यसअघि पनि सक्रिय रूपमा योगदान दिएका न्यौपानेले आगामी कार्यकालमा व्यवसायीका समस्या समाधान, व्यवसायमैत्री नीति निर्माण, स्वास्थ्य तथा सेवा क्षेत्रका व्यवसायीको हित संरक्षण र संघलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको बताएका छन्।
असार २७ गते हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनलाई लक्षित गर्दै उनले सम्पूर्ण व्यवसायीसँग आफूलाई मतदान गरी अवसर दिन आग्रह गरेका छन्। अनुभव, इमान्दारिता र सेवामुखी सोचका आधारमा आफू व्यवसायीको साझा प्रतिनिधि बन्ने विश्वास व्यक्त गर्दै न्यौपानेले नवराज काफ्ले नेतृत्वको टोलीलाई विजयी गराउन पनि व्यवसायीसमक्ष अपिल गरेका छन्।
News Desk 0 response बिहिबार, असार २५, २०८३
सम्बन्धित शीर्षकहरु
-
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३

सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३