• इटहरी। राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने परम्परालाई निरन्तरता दिदै होटल तथा लज व्यवसायी समिति इटहरीले शुभकामना आदानप्रदानसँगै दही–चिउरा खाने कार्यक्रम आयोजना गरेको छ।
    इटहरी–२० स्थित होटल पल्पसामा आयोजित कार्यक्रम समितिका अध्यक्ष दिपक पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले नेपालको कृषि, संस्कृति र पर्यटन एक–अर्काका परिपूरक रहेको उल्लेख गर्दै राष्ट्रिय धान दिवसले कृषिप्रति सम्मान प्रकट गर्नुका साथै परम्परागत खानाको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले होटल तथा पर्यटन व्यवसायले स्थानीय उत्पादन र मौलिक खानालाई प्राथमिकता दिँदै कृषकको उत्पादनलाई बजारसँग जोड्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
    कार्यक्रममा सहभागीहरूले एक–अर्काबीच राष्ट्रिय धान दिवसको शुभकामना आदानप्रदान गर्दै दही–चिउरा ग्रहण गरेका थिए।

    नेपाली समाजमा असार १५ को दिन दही–चिउरा खाने परम्पराले कृषकको मेहनतको सम्मान गर्नुका साथै सामाजिक सद्भाव र आत्मीयता बढाउने विश्वास व्यक्त गरिएको थियो।
    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति दिनेश भट्टराई, जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तेजबहादुर पुरी, वरिष्ठ उपाध्यक्ष केशव गिरी, उपाध्यक्ष प्रीतिमाया सुनुवार, जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ कोशी प्रदेशका महासचिव उमानाथ दाहाल, होटल व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष देवी गौतमलगायत होटल तथा पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
    उपस्थित अतिथीहरूले राष्ट्रिय धान दिवसले कृषि उत्पादन, खाद्य संस्कृति र पर्यटन प्रवद्र्धनलाई सँगसँगै अघि बढाउने अवसर प्रदान गर्ने धारणा राख्दै स्थानीय उत्पादनको प्रयोग बढाउन सबै क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिए ।
    होटल व्यवसायीहरूबीच आपसी एकता, सहकार्य र नेपाली मौलिक संस्कृतिप्रतिको सम्मानलाई अझ मजबुत बनाएको छ ्।

4565