• इटहरी । आधुनिक प्रविधिको बढ्दो प्रयोग, बदलिँदो सामाजिक परिवेश र बालबालिकामा देखिन थालेका व्यवहारगत चुनौतीलाई मध्यनजर गर्दै विश्व आदर्श एकेडेमीले आयोजना गरेको ‘स्मार्ट अभिभावकत्व बालबालिका हुर्काउने प्रभावकारी तरिका’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
    चौथो चरणसम्म संचालन भएको अभिमुखिमरण कार्यक्रममा विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई लक्षित उक्त कार्यक्रममा चार चरणमा गरी करिब १ हजार ४ सय अभिभावकको सहभागिता रहेको थियो ।
    दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा स्मार्ट अभिभावकत्व नेपालका अभिभावकत्व प्रशिक्षक पीएचडी स्कलर दिसु भण्डारी मानन्धर र सह संस्थापक,प्रशिक्षक बाल विकास र अभिभावकीय परामर्शकर्ता प्रतिमा लामाले सहजीकरण गर्दै बदलिँदो समयअनुसार अभिभावकको भूमिका अझ जिम्मेवार, संवेदनशील र सचेत हुनुपर्नेमा जोड दिए ।
    उनीहरूले बालबालिकाको शारीरिक विकाससँगै मानसिक, भावनात्मक र सामाजिक विकासमा पनि अभिभावकको सक्रिय भूमिका अपरिहार्य रहेको बताए ।

    अभिमुखीकरणका क्रममा मार्ट अभिभावकत्व,चुनौतीपूर्ण व्यवहार ,साइबर धम्की,चिन्ता विकार, कमजोर अध्ययन,पदार्थको लत,सामाजिक सञ्जालको लत लगायतका विषयमा जानकारी गराएका थिए ।
    यस्ता समस्यालाई समयमै पहिचान गरी सकारात्मक संवाद, उचित परामर्श र अनुशासित पारिवारिक वातावरणमार्फत समाधान गर्न सकिने प्रशिक्षकहरूको भनाइ थियो ।
    सहभागी अभिभावकहरु रविन्द्र निरौला र सुष्मा रिजालले कार्यक्रमले बालबालिकाको मनोविज्ञान बुझ्न र घरबाटै दिनुपर्ने संस्कार तथा शिक्षाबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको बताए। यस्ता कार्यक्रम प्रत्येक अभिभावकका लागि आवश्यक रहेको बताउका थिए ।

    कार्यक्रममा बोल्दै विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेले विद्यालय वा कलेजमा बालबालिकालाई भर्ना गराउँदैमा अभिभावकको दायित्व समाप्त नहुने उल्लेख गर्दै बालबालिकाको चरित्र निर्माण, संस्कार, आत्मविश्वास र भविष्य निर्माणमा अभिभावकको निरन्तर साथ र निगरानी आवश्यक रहेको बताए। उनले विद्यालय र अभिभावकबीचको सहकार्य नै गुणस्तरीय शिक्षा र असल नागरिक निर्माणको आधार भएको बताए ।
    एकेडेमीका प्राचार्य गणेश कुमार दुलालले यस्ता सचेतनामूलक कार्यक्रमले अभिभावकलाई आधुनिक अभिभावकत्वका सीप विकास गर्न, परिवारमा स्वस्थ सम्बन्ध स्थापित गर्न तथा बालबालिकालाई जिम्मेवार, आत्मविश्वासी र संस्कारी नागरिकका रूपमा हुर्काउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको बताए ।
    कार्यक्रम विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा भएको थियो कार्यक्रममा, सहप्रधानाध्यापक मोहन प्रसाद निरौला, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

4565