-
इटहरी । विश्व आदर्श कलेज, इटहरीमा कक्षा–११ मा अध्ययनरत छात्रा दिलसा न्यौपाने ‘सुरक्षित यात्रा’ विषयक सचेतनामूलक कविता प्रतियोगितामा प्रथम भएकी छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश, विराटनगरको सहयोग तथा धनकुटा बहुमुखी क्याम्पसको आयोजनामा असार १० र ११ गते इटहरी र विराटनगरमा सम्पन्न प्रतियोगितामा न्यौपानेले उत्कृष्ट कविता प्रस्तुत गर्दै ६० जना प्रतिस्पर्धीलाई पछि पारेर प्रथम स्थान हासिल गरेकी हुन्। प्रतियोगितामा उनको कविताले सुरक्षित यात्रा, सडक सचेतना र नागरिक जिम्मेवारीका विषयलाई प्रभावकारी रूपमा उठाएकाले निर्णायकको उच्च मूल्यांकन प्राप्त गरेको थियो।
प्रथम स्थान हासिल गरेसँगै न्यौपानेले नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन्। उनको उल्लेखनीय सफलताप्रति खुसी व्यक्त गर्दै विश्व आदर्श कलेजले विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ।
कलेजका अध्यक्ष लेखनाथ घिमिरे तथा प्राचार्य गणेश कुमार दुलालले छात्रा दिलसा न्यौपाने र उनका अभिभावकलाई मायाको चिनो प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए। कलेजले विद्यार्थीको प्रतिभा, सिर्जनशीलता र सामाजिक उत्तरदायित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता उपलब्धिलाई सदैव सम्मान गर्ने प्रतिबद्धता जनाएको छ ।

कलेजका अध्यक्ष घिमिरेले शैक्षिक उपलब्धिसँगै साहित्य, कला, खेलकुद तथा व्यक्तित्व विकासका क्षेत्रमा विद्यार्थीलाई अघि बढाउने वातावरण सिर्जना गर्नु कलेजको प्राथमिकता रहेको बताए।
News Desk 0 response शुक्रबार, असार १२, २०८३
प्राचार्य दुलालले दिलसाको सफलताले सम्पूर्ण विद्यार्थीलाई सिर्जनात्मक र सकारात्मक कार्यमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
विश्व आदर्श कलेजले विद्यार्थीको बहुआयामिक प्रतिभा विकासलाई प्राथमिकतामा राख्दै विभिन्न अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता गराउँदै आएको छ। दिलसा न्यौपानेको यो सफलता कलेजका लागि मात्र नभई इटहरीकै शैक्षिक क्षेत्रका लागि गर्वको विषय बनेको हो ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





