-
इटहरी । उद्योगी तथा व्यवसायीहरूको साझा संस्था उद्योग वाणिज्य संघ इटहरीको आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भएको छ। मनोनयन दर्तासँगै संघको नयाँ नेतृत्वका लागि चुनावी माहोल तातेको छ भने अध्यक्ष पदमा दुई उम्मेदवारबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ।
संघको निर्वाचन यही असार २७ गते हुने तय भएको छ ।
निर्वाचन समितिका संयोजक टंकप्रसाद दुलालका अनुसार अध्यक्ष पदमा नवराज काफ्ले र गायत्री भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष पदका लागि प्रारम्भिक चरणमा ६ जनाको नाम चर्चामा आए पनि विभिन्न चरणका छलफल, परामर्श तथा सहमतिका प्रयासपछि दुई उम्मेदवार मात्र चुनावी मैदानमा उत्रिएका हुन्।
अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले संघभित्र लामो समयदेखि सक्रिय रहँदै आएका व्यवसायी हुन्। उनी तीन कार्यकालसम्म संघको निर्वाचित सदस्यका रूपमा कार्य गरिसकेका छन्। व्यवसायीका हकहित, संस्थागत सुदृढीकरण तथा व्यापारिक वातावरण सुधारका विषयमा उनको सक्रियता रहँदै आएको थिए । अर्की उम्मेदवार गायत्री भण्डारीले यसअघि संघको कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्। आर्थिक व्यवस्थापन तथा संस्थागत अनुशासनमा अनुभव हासिल गरेकी भण्डारीले पनि व्यवसायी समुदायको विश्वास जित्ने प्रयास गरिरहेकी छन ्।
निर्वाचनमार्फत १९ सदस्यीय कार्यसमिति चयन गरिनेछ।
अध्यक्षसहित उद्योगतर्फ ४ जना, वाणिज्यतर्फ ९ जना, महिलातर्फ २ जना, वस्तुगततर्फ २ जना तथा एसोसिएटतर्फ १ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।
मनोनयन दर्ता अनुसार वाणिज्यतर्फ १४ जना, उद्योगतर्फ ७ जना, महिलातर्फ ४ जना, वस्तुगततर्फ २ जना तथा एसोसिएटतर्फ १ जनाको उम्मेदवारी परेको छ । एसोसिएट सदस्यतर्फ विनोद पौडेलको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने सम्भावना रहेको निर्वाचन समितिले जनाएको छ ।
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा यसपटक कुल २ हजार ३ सय १५ मतदाता सहभागी हुनेछन्। संघको नेतृत्व चयनमा व्यवसायीहरूको ठूलो सहभागिता रहने भएकाले निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ। उम्मेदवारहरूले आफ्नो पक्षमा मत आकर्षित गर्न विभिन्न योजना, प्रतिबद्धता र कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।
निर्वाचन समितिले मनोनयन दर्ता भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिसकेको छ । अब उम्मेदवारहरू प्रचार–प्रसारमा केन्द्रित हुनेछन्। चुनाव नजिकिँदै जाँदा इटहरीका उद्योगी तथा व्यवसायीबीच चुनावी बहस र छलफल पनि बढ्दै जाने अपेक्षा गरिएको छ।
News Desk 0 response बिहिबार, असार ११, २०८३
यसैबीच संघका अध्यक्ष जीवन पराजुलीले उद्योग वाणिज्य संघ इटहरीको साधारणसभा यही असार १८ गते आयोजना हुने जानकारी दिएका छन्। साधारणसभाले संस्थाको वार्षिक गतिविधि, आर्थिक प्रतिवेदन तथा भावी योजनामाथि छलफल गर्नेछ। त्यसपछि निर्वाचन प्रक्रिया थप तीव्र हुने र व्यवसायी समुदायको ध्यान नयाँ नेतृत्व चयनतर्फ केन्द्रित हुने विश्वास गरिएको छ।
व्यापार, उद्योग, लगानी प्रवद्र्धन तथा व्यवसायीका हकहितका सवालमा महत्वपूर्ण भूमिका खेल्दै आएको उद्योग वाणिज्य संघ इटहरीको आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने विषय अहिले इटहरीका व्यवसायी हरुमा चासोका साथ हेरिएको छ। असार २७ गतेको निर्वाचनले आगामी कार्यकालका लागि संघको नेतृत्व र दिशानिर्देश तय गर्नेछ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





