• इटहरी,। पर्यटन तथा होटल व्यवसायलाई डिजिटल प्रविधिसँग जोड्दै प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले इटहरी–५ स्थित सत्सङ्ग प्यालेसमा निःशुल्क डिजिटल मार्केटिङ, एआई तथा सामाजिक सञ्जाल व्यवस्थापन सम्बन्धी तिन दिने तालिम सुरु भएको छ ।
    जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको सहयोग तथा नेपाल पर्यटन बोर्डको आयोजनामा सुरु भएको तिन दिने तालिममा सुनसरी सहित कोशी प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको छ । तालिम असार ११ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष केशव गिरीले जानकारी दिए।
    संघका अध्यक्ष तेजबहादुर पुरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरको प्रमुख अतिथ्यमा भउको थियो ।
    कार्यक्रममा बोल्दै बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले विश्व तीव्र गतिमा डिजिटल इकोसिस्टमतर्फ अघि बढिरहेको उल्लेख गर्दै पर्यटन क्षेत्रका व्यवसायीहरू पनि समय अनुसार प्रविधिसँग अभ्यस्त हुनुपर्ने बताए। डिजिटल माध्यमको प्रभावकारी प्रयोगले पर्यटन प्रवद्र्धन, ग्राहक आकर्षण तथा व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

    कार्यक्रममा सिवी कलेजका अध्यक्ष देशबन्धु कार्की, होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष खिलाराज सुवेदी, पूर्व केन्द्रीय उपाध्यक्ष देवि गौतम, नाटा कोशी प्रदेश अध्यक्ष पुण्यप्रसाद भट्टराई, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ तथा होटल तथा लज व्यवसायी समितिका अध्यक्ष दीपक पोख्रेल लगायत वक्ताहरूले वर्तमान समयमा डिजिटल मार्केटिङ, एआई र सामाजिक सञ्जाल व्यवस्थापन पर्यटन व्यवसायका लागि अपरिहार्य रहेकोे धारणा राखेका थिए ।

    तेस्तै संघका अध्यक्ष पुरीले पर्यटन व्यवसायको प्रवद्र्धन र व्यवसायीलाई आधुनिक प्रविधिमार्फत सशक्त बनाउन नेपाल पर्यटन बोर्डले विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको बताए ।
    उनले कोशी प्रदेश सरकारले काम गर्ने आई बजेट नदिएर चाकडी गर्ने र आसे पासेलाई दिएको भन्दै प्रदेश सरकार प्रति आक्रोस पोखे ।
    तीन दिनसम्म सञ्चालन हुने तालिममा आईटी प्रशिक्षक विनयराज डंगालले डिजिटल सीप,डिजिटल मार्केटिङ, एआई र सामाजिक सञ्जाल व्यवस्थापन, व्यावहारिक प्रविधि सम्बन्धी प्रशिक्षण प्रदान गर्नेछन्।
    संघका महासचिव कृष्ण पराजुलीले सञ्चालन गरेको कार्यक्रममा होटल एसोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठ, संघका कोषाध्यक्ष प्रितिमाया सुनुवार, सचिव माधव दाहाल, सहकोषाध्यक्ष कौशल्या श्रेष्ठलगायतको सहभागिता रहेको थियो।
    तालिममार्फत व्यवसायीहरूलाई डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग, एआईको उपयोग तथा सामाजिक सञ्जालमार्फत पर्यटन प्रवद्र्धनका व्यावहारिक सीप प्रदान गरिने आयोजकले जनाएको छ ।

4565