• इटहरी । विद्यार्थीहरूमा नेतृत्व विकास, जिम्मेवारी बोध तथा लोकतान्त्रिक संस्कारको प्रवद्र्धन गर्ने उद्देश्यले पिसजोन आवासीय माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्व चयन कार्यक्रम सम्पन्न गरिएको छ।
    विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका करिब ६ सय विद्यार्थीको सहभागितामा सम्पन्न निर्वाचनबाट हेड ब्वाई, हेड गर्ल, असिस्टेन्ट हेड ब्वाई, असिस्टेन्ट हेड गर्ल तथा विभिन्न हाउसका क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको हो। निर्वाचनमा रातो, हरियो, पहेँलो र निलो हाउसका प्रतिनिधिहरूबीच प्रतिस्पर्धा भएको थियो।
    निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन शिक्षक किरण कोइरालाले निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेका थिए। विद्यार्थीहरूले मतदाता सूची, मतदान केन्द्र र मतपेटिकामार्फत वास्तविक निर्वाचनको अनुभव लिने अवसर पाएका थिए। मतदानपछि मतगणना गरी विजयी उम्मेदवारहरूको घोषणा गरिएको विद्यालयले जनाएको छ।

    विद्यालयका भाइस प्रिन्सिपल राहुल रायले विद्यार्थी जीवनमै नेतृत्व क्षमता, निर्णय गर्ने कला र जिम्मेवारी वहन गर्ने बानीको विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। उनले लोकतान्त्रिक अभ्यासबाट विद्यार्थीहरूमा आत्मविश्वास बढ्नुका साथै भविष्यका सक्षम नेतृत्व तयार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
    निर्वाचित विद्यार्थी प्रतिनिधिहरूले विद्यालयको अनुशासन, अतिरिक्त क्रियाकलाप तथा विभिन्न सामाजिक र शैक्षिक कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गर्नेछन्। विद्यालयले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको र यसले विद्यार्थीहरूलाई पुस्तकिय ज्ञानसँगै व्यवहारिक ज्ञानसमेत प्रदान गरिरहेको जनाएको छ।
    कार्यक्रमले विद्यालय परिसरमा उत्साह थप्नुका साथै विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्यासको प्रत्यक्ष अनुभव दिलाएको सहभागी शिक्षक तथा अभिभावकहरूको भनाइ रहेको छ।
    उनले समाजप्रति सहयोग र सद्भाव देखाउँदै अक्षयकोष स्थापना गरी निरन्तर सामाजिक कार्यमा योगदान पु¥याउने गोमादेवी निरौलाप्रति आभार व्यक्त गरे। कार्यक्रमले जेष्ठ नागरिकहरूबीच आत्मीयता, सम्मान र सामाजिक एकताको भावना थप बलियो बनाएको सहभागीहरूको भनाइ थियो।

4565