-
इटहरी । विश्व वातावरण दिवस २०८३ को अवसरमा इटहरीमा वृहत् तथा सरसफाइ, वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ । समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास भन्ने नारासहित आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिका, इटहरी जेसिज, इटहरी लेडी जेसिज, बुल्स एलेभेन क्लब, सुनसरी वैदेशिक रोजगार हकहित संघ लगायत विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत इटहरीको मुख्य चोकदेखि आर्मी ब्यारेक हुँदै आपगाछीसम्म सरसफाइ संगै सडक किनार, सार्वजनिक स्थल तथा डिभाइडर क्षेत्रमा जम्मा विभिन्न जातका बिरुवा रोपेर वातावरण संरक्षणको सन्देश दिइएको थियो । कार्यक्रममा स्थानीयवासी, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता देखिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीले वातावरण संरक्षण सबैको साझा दायित्व भएको बताइन्। उनले विकाससँगै वातावरणीय सन्तुलन कायम राख्नुपर्ने आवश्यकता औंल्याउँदै स्वच्छ र हराभरा इटहरी निर्माणका लागि नगरपालिकाले विभिन्न योजना अघि बढाइरहेको जानकारी दिइन्।
इटहरी जेसिजका अध्यक्ष मिसन पराजुलीले वृक्षरोपणलाई औपचारिकतामा सीमित नराखी बिरुवाको संरक्षणमा जोड दिनुपर्ने बताए। आर्मी ब्यारेक क्षेत्रको डिभाइडरमा रोपिएका बिरुवाको संरक्षणको जिम्मेवारी इटहरी जेसिजले लिने प्रतिबद्धता समेत व्यक्त गरे।
त्यस्तै, सरसफाइ तथा सामाजिक अभियानमा सक्रिय बुल्स एलेभेन क्लबका उपाध्यक्ष रामु राई ले स्वच्छ वातावरणले स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सरसफाइलाई जीवनशैलीकै हिस्सा बनाउनुपर्नेमा जोड दिए ।
इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्पनारायण चौधरीका अनुसार हरित नगर अभियान अन्तर्गत खनारदेखि धरान सीमासम्मका डिभाइडर क्षेत्रमा बिरुवा रोप्ने योजना रहेको हुदा विश्व वातावरण दिवसको अवसरमा मात्र करिब २०० बिरुवा रोपिएको उनले जानकारी दिए।
यसै अवसरमा इटहरी जेसिजले ट्राफिक सचेतनामूलक अभियान पनि सञ्चालन गर्दै “ट्राफिक नियम पालना गरौं, बजार क्षेत्रमा ३० किलोमिटर प्रतिघण्टासम्म मात्र सवारी चलाऔं” भन्ने सन्देश सहित सूचना बोर्ड स्थापना गरेको छ । सहभागीहरूले वातावरण संरक्षणका यस्ता अभियानले स्वच्छ, हराभरा र दिगो इटहरी निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
News Desk 0 response शुक्रबार, जेष्ठ २२, २०८३
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. ६ का अध्यक्ष दिवस पोख्रेल, इटहरी लेडी जेसिजकी अध्यक्ष यामुना बुढाथोकी, सुनसरी वैदेशिक रोजगार हकहित संघका अध्यक्ष चंखमान तामाङ, नगर प्रहरी, कर्मचारी, विभिन्न संघसंस्थाका पदाधिकारी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सम्बन्धित शीर्षकहरु
-
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३ -
विश्व वातावरण दिवसमा इटहरीको हरियाली अभियान ः सरसफाइ, वृक्षरोपण
शुक्रबार, जेष्ठ २२, २०८३ -
विश्व वातावरण दिवसमा धरान जेसीजको हरियाली अभियान ः ज्येष्ठ नागरिक पार्कमा वृहत् वृक्षारोपण
शुक्रबार, जेष्ठ २२, २०८३ -
संगीतमार्फत सिकाइ र मानसिक स्वास्थ्य प्रवद्र्धन ः रामधुनीमा म्युजिक थेरापी तालिम सम्पन्न
बुधबार, जेष्ठ २०, २०८३
-
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३ -
विश्व वातावरण दिवसमा इटहरीको हरियाली अभियान ः सरसफाइ, वृक्षरोपण
शुक्रबार, जेष्ठ २२, २०८३ -
विश्व वातावरण दिवसमा धरान जेसीजको हरियाली अभियान ः ज्येष्ठ नागरिक पार्कमा वृहत् वृक्षारोपण
शुक्रबार, जेष्ठ २२, २०८३ -
संगीतमार्फत सिकाइ र मानसिक स्वास्थ्य प्रवद्र्धन ः रामधुनीमा म्युजिक थेरापी तालिम सम्पन्न
बुधबार, जेष्ठ २०, २०८३
-
ह्विलचेयर बास्केटबलमार्फत समावेशी समाजको सन्देश, इटहरी प्रथम
बुधबार, जेष्ठ २०, २०८३ -
संगीतमार्फत सिकाइ र मानसिक स्वास्थ्य प्रवद्र्धन ः रामधुनीमा म्युजिक थेरापी तालिम सम्पन्न
बुधबार, जेष्ठ २०, २०८३ -
विश्व वातावरण दिवसमा इटहरीको हरियाली अभियान ः सरसफाइ, वृक्षरोपण
शुक्रबार, जेष्ठ २२, २०८३





