-
इटहरी । बजारमा मूल्य पारदर्शिता कायम गर्ने उद्देश्यले उद्योग वाणिज्य संघ इटहरीले ‘मूल्य पारदर्शिता तथा एमआरपी सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको छ । कार्यक्रममा व्यवसायी, सरकारी निकाय तथा सरोकारवालाबीच वस्तु तथा सेवाको मूल्यसूची कार्यान्वयनका विषयमा व्यापक छलफल गरिएको थियो।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार बजारमा मूल्यसूची अनिवार्य रूपमा राख्नुपर्ने विषयमा जानकारी गराइएको थियो।
कार्यक्रममा सहभागी व्यवसायीहरूले, नजिकैको खुला सीमाना क्षेत्र, अन्डर बिलिङ तथा अस्वस्थ प्रतिस्पर्धाका कारण व्यवसाय सञ्चालनमा चुनौती थपिएको गुनासो गरेका थिए। व्यवसायीहरूले कानुनी रूपमा कर तिरेर व्यवसाय गर्नेहरू नै बढी प्रभावित भइरहेको उल्लेख गर्दै समान नियम सबैमा लागू हुनुपर्ने माग राखेका थिए।
प्रमुख अतिथि घिमिरेले उपभोक्ताको अधिकार संरक्षणका लागि मूल्य पारदर्शिता आवश्यक रहेको बताउँदै व्यवसायी र सरकारी निकायबीच सहकार्यबाट मात्रै बजार व्यवस्थापन प्रभावकारी बन्ने धारणा राखे।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत डिल्लीराम पौड्यालले कर प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले बिलिङ प्रणालीलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै उपभोक्तालाई मूल्यसूचीसहित स्पष्ट जानकारी दिनुपर्ने उल्लेख गरे।
बजारलाई व्यवस्थित बनाउन करको दायराभित्र रहेर व्यवसाय सञ्चालन गर्नु सबैको दायित्व भएको उनको भनाइ थियो।
News Desk 0 response आइतवार, जेष्ठ ३, २०८३
उद्योग वाणिज्य संघका अध्यक्ष पराजुलीले बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन व्यवसायी, उपभोक्ता तथा सरकारी निकायबीच सहकार्य आवश्यक रहेको बताए। उनले खुला सीमाना, अस्वस्थ प्रतिस्पर्धा र अन्डर बिलिङजस्ता समस्याले व्यवसायी प्रभावित भइरहेको उल्लेख गर्दै समान नियम र प्रभावकारी अनुगमनको आवश्यकता औंल्याए ।
त्यसैगरी घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजन पाण्डेलगायत विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा व्यवसायीहरूले स्वस्थ प्रतिस्पर्धासहित व्यवसायमैत्री वातावरण निर्माणका लागि प्रभावकारी अनुगमन आवश्यक रहेको बताएका थिए।
सम्बन्धित शीर्षकहरु
-
विश्व आदर्श कलेजमा साइबर कनेक्ट–४’ सम्पन्न, १५ सयभन्दा बढी विद्यार्थी सहभागी
आइतवार, जेष्ठ ३, २०८३ -
इटहरीमा मूल्य पारदर्शिताबारे अन्तरक्रिया, एमआरपी कार्यान्वयनका चुनौतीमाथि छलफल
आइतवार, जेष्ठ ३, २०८३ -
नेतृत्व विकासका लागि विश्व आदर्श एकेडेमीमा वार्षिक विद्यार्थी निर्वाचन
शनिबार, जेष्ठ २, २०८३ -
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३

डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३ -
नेतृत्व विकासका लागि विश्व आदर्श एकेडेमीमा वार्षिक विद्यार्थी निर्वाचन
शनिबार, जेष्ठ २, २०८३ -
इटहरीमा मूल्य पारदर्शिताबारे अन्तरक्रिया, एमआरपी कार्यान्वयनका चुनौतीमाथि छलफल
आइतवार, जेष्ठ ३, २०८३