-
इटहरी । नेपाल दयानन्द वैदिक किसन ग्लोबल एकेडेमी ९डीभीएम० मा अध्ययनरत छात्रा शिखा लकान्द्री ले माध्यमिक शिक्षा परीक्षा ,एसइई मा उत्कृष्ट नतिजा सहित ४ जीपीए हासिल गरेपछि विद्यालयले विशेष सम्मान गरेको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा शिखालाई भव्य स्वागत गर्दै उच्च शिक्षाको सफल यात्राका लागि शुभकामना प्रदान गरिएको थियो । सो अवसरमा विद्यालयले नगद ७ हजार रुपैयाँ सहित सम्मान गरेको जनाएको छ ।
कक्षा ३ देखि डीभीएममा अध्ययनरत शिखाले निरन्तर मेहनत, अनुशासन र विद्यालयको शैक्षिक वातावरणका कारण उत्कृष्ट सफलता हासिल गर्न सकेको बताएकी थिइन्। विद्यालय प्रशासनले उनको उपलब्धिलाई विद्यालयकै गौरवका रूपमा लिएको जनाएको छ ।
डीभीएमका प्राचार्य डाक्टर बेणु प्रसाद सिटौलाले विद्यालयले विगतदेखि नै गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र व्यवहारिक सिकाइलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले विद्यार्थीको क्षमता पहिचान गरी उनीहरूको सर्वाङ्गीण विकासका लागि विद्यालय निरन्तर सक्रिय रहने बताउँदै मेहनती शिक्षक, अभिभावकको साथ र विद्यार्थीको लगनशीलताकै परिणामस्वरूप डीभीएमले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको धारणा राखेका थिए ।
यस वर्ष डीभीएमबाट ४६ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए। तीमध्ये ३ जनाले ३.९५ जीपीए प्राप्त गरेका छन् भने ३२ जनाले ३.६० जीपीए सहित उत्कृष्ट नतिजा ल्याएका छन्। अन्य विद्यार्थीहरूले समेत राम्रो नतिजा हासिल गरेको विद्यालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, बैशाख २९, २०८३
विद्यार्थीकी अभिभावक रिता लकान्द्रीले विद्यालयको गुणस्तरीय शिक्षण, अनुशासित वातावरण र शिक्षकहरूको मेहनतका कारण आफ्नी छोरीले सफलता प्राप्त गरेको बताइन्। उनले डीभीएमले विद्यार्थीको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव कुमार सुब्बा लगायतले विद्यार्थीहरूको सफलताले विद्यालयको शैक्षिक स्तर अझ उच्च बनाएको धारणा राखेका थिए।
सम्बन्धित शीर्षकहरु
-
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३ -
डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३

मङ्लबार, बैशाख २९, २०८३