-
इटहरी । २५७०औं बुद्ध जयन्तीको अवसरमा इटहरीमा भव्य शान्ति ¥याली तथा धार्मिक कार्यक्रम सम्पन्न भएको छ ।
इटहरीमा बसोबास गर्दै आएका तामाङ, मगर, गुरुङ र शेर्पा समुदायको संयुक्त पहलमा गठित बौद्ध धर्म प्रवद्र्धन समाजको आयोजनामा ¥याली निकालिएको हो ।
शान्ति, सहिष्णुता र अहिंसाको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको ¥याली इटहरी बजार परिक्रमा गर्दै वडा नं. ८ स्थित निर्माणाधीन तारा रेन्छिन छोइलिङ गुम्बा परिसरमा पुगेर समापन गरिएको थियो ।
समापन कार्यक्रममा गुम्बा व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर घिसिङको संयोजन रहेको थियो भने इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरी प्रमुख अतिथ्यमा सम्पन्न भउको थियो ।
कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले बुद्धका उपदेश आजको समाजका लागि अत्यन्त सान्दर्भिक रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र सहअस्तित्व कायम गर्न सबैले बुद्धका मार्ग अनुसरण गर्नुपर्ने बताइन ।
त्यसैगरी, गुम्बाका सल्लाहकार सन्तबहादुर दुम्जनले इटहरीमा विभिन्न जातीय समुदायबीच आपसी सहकार्य र एकताको सन्देश दिन संयुक्त रूपमा बुद्ध जयन्ती मनाउने परम्परा स्थापित हुँदै गएको जानकारी दिए ।
News Desk 0 response शुक्रबार, बैशाख १८, २०८३
उनले विगतका वर्षहरूमा तामाङ, मगर, गुरुङ र शेर्पा समुदायले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दै आए पनि पछिल्ला वर्षहरूमा एकीकृत रूपमा मनाउन थालेको पनी बताए ।
¥यालीमा विभिन्न जातीय संघ–संस्थाका प्रतिनिधिहरूले आफ्ना ब्यानर, झण्डा तथा सांस्कृतिक झाँकी सहित सहभागिता जनाएका थिए ।
कार्यक्रमले इटहरीमा धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सामाजिक एकताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





