-
सुनसरी । एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
सेभ द अर्थ सुनसरीको आयोजना तथा इटिसी नेपालको सहयोगमा वैशाख ११ र १२ गते सञ्चालन गरिएको उक्त तालिम रामधुनी नगरपालिका–२ स्थित राजेश्वरी आधारभूत विद्यालयमा आयोजना गरिएको हो । तालिममा विभिन्न समूहमा आबद्ध ३० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।
तालिमको उद्देश्य महिलाहरूको मानसिक स्वास्थ्य प्रति सचेतना अभिवृद्धि गर्नुका साथै तनाव व्यवस्थापन, आत्मविश्वास वृद्धि र सामाजिक व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी महिलाहरूलाई दैनिक जीवनमा आइपर्ने मनोसामाजिक समस्याहरू कसरी पहिचान गर्ने र समाधानका उपायहरूबारे जानकारी दिइएको थियो ।
News Desk 0 response शनिबार, बैशाख १२, २०८३
सशक्तिकरण सामाजिक परिचालिका संयोजक हिरा अधिकारीले रामधुनी नगरपालिका वडा नं. २, ४, ८ र ९ मा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा विभिन्न तालिम र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् ।
उनले यस्ता कार्यक्रमले विशेष गरी महिलाहरूको आत्मनिर्भरता र नेतृत्व विकासमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास व्यक्त गरिन् ।
उनले महिलाहरूलाई आफ्ना समस्या खुला रूपमा व्यक्त गर्न, एकआपसमा सहकार्य गर्न र आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गरिन् । साथै, मानसिक स्वास्थ्यलाई बेवास्ता नगरी समयमै आवश्यक सहयोग लिनुपर्नेमा जोड दिइन् ।
तालिममा प्रशिक्षक सगुन केसीले सहजिकरण गर्दै मनोसामाजिक स्वास्थ्य, तनाव व्यवस्थापनका उपाय, सकारात्मक सोच विकास तथा भावनात्मक सन्तुलन कायम गर्ने विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमले सहभागी महिलाहरूमा नयाँ ऊर्जा र आत्मविश्वास जगाएको सहभागीहरू हेमकला लुइटेल र सन्तोषी चौधरीले बताइन । आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
-
मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न
शनिबार, बैशाख १२, २०८३ -
इटहरीरसमुदायमाआधारभूत ध्वन्यात्मक अंग्रेजी शिक्षक तालिम सुरु
शुक्रबार, बैशाख ११, २०८३ -
दमक–२ मा वाल्मिकी मन्टेश्वरी विद्यालय सञ्चालनमा, गुणस्तरीय प्रारम्भिक शिक्षामा जोड
बिहिबार, बैशाख १०, २०८३ -
उच्च शिक्षाको शुभकामनासहित सीबी कलेजद्वारा विद्यार्थी विदाई
बिहिबार, बैशाख १०, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३

सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
उच्च शिक्षाको शुभकामनासहित सीबी कलेजद्वारा विद्यार्थी विदाई
बिहिबार, बैशाख १०, २०८३ -
दमक–२ मा वाल्मिकी मन्टेश्वरी विद्यालय सञ्चालनमा, गुणस्तरीय प्रारम्भिक शिक्षामा जोड
बिहिबार, बैशाख १०, २०८३ -
इटहरीरसमुदायमाआधारभूत ध्वन्यात्मक अंग्रेजी शिक्षक तालिम सुरु
शुक्रबार, बैशाख ११, २०८३