इटहरी । एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तर्गत चार दिने आधारभूत ध्वन्यात्मक अंग्रेजी शिक्षक तालिम रामधुनीमा सुरु भएको छ ।
स्थानीय तहमा कार्यरत शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा रामधुनी नगर पालिका वडा नं. २, ४, ८ र ९ मा रहेका मावि र आभारभुत विद्यालयहरुका १७ जना अगें्रजी शिक्षकहरु लाई आधारभूत तालिमको आयोजना गरेको हो ।
ब्ेशाख ११ गते बाट सुरु भउको तालिम १४ गते सम्म संचालन हुने छ ।
सेभ द अर्थ सुनसरीको आयोजना तथा इटिसी नेपालको सहयोगमा संचालित तालिम थारु महिला उत्थानको सभाहलमा आयोजना गरिएको थियो।
सहभागी शिक्षक, शिक्षिकाहरूलाई अंग्रेजी भाषाको ध्वन्यात्मक प्रणाली, उच्चारण सुधार, शब्द निर्माण तथा कक्षाकोठामा प्रयोग गर्न सकिने व्यावहारिक विधिहरूका बारेमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा प्रशिक्षकहरूले ध्वन्यात्मक शिक्षण विधिले बालबालिकाको पढाइ–लेखाइ सीपमा सकारात्मक प्रभाव पार्ने बताए। यस किसिमको तालिमले शिक्षकहरूलाई नयाँ शिक्षण प्रविधि सिक्न सहयोग पुग्ने र विद्यार्थीको सिकाइ उपलब्धि बढाउने विश्वास व्यक्त गरिएको थियो।
तालिममा सहभागी शिवनगर माविकी शिक्षिाका समझना सुदेदीले यस्ता फोनेटिक्स आधारित शिक्षणले उच्चारण, शब्द पहिचान र भाषा सिकाइलाई सहज बनाउने विभिन्न अध्ययनहरू सिकेको र विकेका ज्ञान लाई कक्षा कोठामा विद्यार्थीहरुमा लागु गर्ने बताइन ।
कार्यक्रम संयोजक राधा चौधरीले शिक्षकहरूलाई दक्ष बनाउँदै विद्यार्थीहरूलाई लेखनमा प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । उनले यस्ता तालिमले विद्यालय स्तरमै सिर्जनात्मक वातावरण निर्माण गर्न मद्दत पुग्ने बताइन् ।
यस प्रकारका तालिमहरूले शिक्षकको पेशागत विकासमा टेवा पुर्याउने मात्र नभई समग्र शिक्षा प्रणाली सुधारमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिइएको छ ।
News Desk response
शुक्रबार, बैशाख ११, २०८३